6 years ago
August 9, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको छ ।
चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागालाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।
चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन् । गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । यस्तै अरिजाब्लागा चेल्सीका लागि कीर्तिमानी अनुबन्ध बनेको छ । चेल्सीले यसअघि स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि ५८ मिलियन पाउण्ड खर्चिएको थियो ।
चेल्सीमा अनुबन्ध भएसँगै कीपाले चेल्सीले मलाई विशवास गरेकोमा खुशीको सीमा नै नरेहको बताएका छन् । ‘यो मेरो करियर र व्यक्तिगत जीवनको महत्वपुर्ण निर्णय हो । क्लबले म बाट धेरै अपेक्षा गरेको छ । म मेरोतर्फबाट क्लबका लागि सक्दो सक्ने मिहेनत गर्नेछु ।’ कीपाले भनेका छन् ।
पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलरक्षक अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्य खर्चिएको हो । कागजी प्रक्रिया र मेडिकल समर ट्रान्सफर को अन्तिम दिन बिहिबार हुने क्लबले जनाएको छ ।
अरिजाब्लागाले स्पेनिस टोलीबाट उनले एकमात्र क्याप जितेका छन् । एथ्लेटिको बिल्वाओको पहिलो रोजाइको टिममा रहेर दुई सिजन बिताएर उच्च प्रदर्शन गरेका अरिजाब्लागाको गत जनवरीमा १७ मिलियन पाउन्ड मात्रै तोकिएको थियो ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले इन्ज्युरी समयको अन्तिम क्षणमा पूर्व क्लब एपिएफविरुद्ध गोल गर्दा मच्छिन्द्रले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा मच्छिन्द्रले एपिएफमाथि १-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा सनिशले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गरेका थिए । खेल गोलरहित […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको यात्रा टुंगिएको छ। सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई जित दिलाएकी हुन् ।पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]