7 years ago
August 8, 2018
लन्डन (एजेन्सी) – योर्गेन क्लोपको टोली लिभरपुलले च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हार समर्थकका लागि दुखदायक थियो भने अब त्यस हारलाई भुल्दै प्रिमियर लिगको यस संस्करणमा उपाधि जित्ने सुनौलो मौका रहेको छ ।नाबी केइटा र फाबिन्हो जस्ता खेलाडी टोलीमा भित्रिनु र मोहम्मद सलाहको सुरुवात देखि नै उपस्थिति रहनुले टोलीको लाइन अप अझ मजबुत बनाएको छ।
लिभरपुल फुटबल क्लब
पछिल्लो सिजन – चौथो स्थान
भित्रिएका मुख्या खेलाडीहरु : नाबी केइटा, फाबिन्हो, जेर्डान साकिरी, एलिसन बेक्कर, आईज्याक क्रिस्टी
बाहिरिएका मुख्य खेलाडीहरु : एम्रे च्यान, जोर्डन विलियम्स, जोन् फ्लानगन, ड्यानी वार्ड
मुख्य खेलाडी : मोहम्मद सलाह
टोलीमा गहिराई : लिभरपुलमा नयाँ आएका खेलाडीहरुले टोलीमा अझ गहिराई थपेका छन् । केइटा र फाबिन्हो सुरुवाती ११ मा स्थान बनाउने देखिएपनि मिडफिल्डमा जोर्डन हेन्डरसन , जेम्स मिल्नर जस्ता खेलाडीले बेन्चलाई अझ मझ्बुत गर्ने छन् । मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले खेल नगुमाउने निश्चित रहंदा जेर्डान साकिरीले समेत गेम चेन्जरको भूमिका निभाउन सकिने देखिन्छ ।
नाबी केईटा
भित्रि रक्षापंक्तिको सुक्ष्म बुझाइ : लिभरपुलको अन्य ठुला कल्ब बिरुद्धको डिफेन्स प्रदर्शन रार्मो रहेपनि अन्तिम सिजन घरेलु मैदानमा वेस्ट ब्रोम विरुद्धको बराबरी खेलले टोलीको डिफेन्स युनिटमा समस्या देखिएको थियो । यस सिजन भने सो समस्या समाधान गर्नमा केइटाको भूमिका महत्वपूर्ण रहन सक्छ । उनीमा रचनात्मक ढंगले ड्रीब्लिङ र पासिङ गर्ने क्षमता रहेको छ ।
डिफेन्स अर्डरमा ल्याउनु : लिभरपुलले अन्तिम सिजन म्यानचेस्टर सिटि बाहेक अन्य टोलीलाई सहजै पराजित गरेपनि ३८ गोल खाएको थियो । यसले गर्दापनि टोलीको डिफेन्समा समस्या रहेको प्रष्ट हुन जान्छ । भर्जिल भान डाइकको टोलीमा आगमनसँगै यो समस्याको समाधान हुने आशा गरिएको छ ।
विश्लेषक फिल थोम्सन भविष्यवाणी : मलाई क्लोपले जे गर्न खोजिरहेका छन् त्यो एकदम ठिक लागेको छ । उनि अगाडीका ३ खेलाडीबाट गोल खोजिरहेका छन् । साकिरी र फाबिन्होको आगमनले त्यो क्षेत्र अझ मजबुत बनेको छ । लाल्लाना समेत टोलीमा फर्किएका छन् । यसले गर्दा लिभरपुल अझ सशक्त टोली बनेको छ । म लिभरपुलले ह्यारी मगाएर लिएको हेर्ने पक्षमा छु ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]