7 years ago
August 8, 2018
लन्डन (एजेन्सी) – प्रिमियर लिगको सर्वाधिक सफल टोलीमध्येको चेल्सीका नयाँ प्रशिक्षक मौरिजियो सार्रीले चेल्सीलाई आफ्नो क्षमता अनुसारको खेल देखाउन ३ महिना लाग्न सक्ने बताएका छन् ।
विश्वकपमा सहभागी भएका केहि खेलाडीहरुसँग टोलीमा रहेर काम गर्न नसक्नुले यस्तो अवस्था सिर्जना हुन सक्ने उनको बुझाइ छ । ‘म उपलब्ध सबै खेलाडीहरुसँग बुधबार पहिलो पटक काम गर्न पाउँदा खुसी छु,’ सार्रीले भने, ‘क्षमताको आधारमा हामी २-३ महिनामा सफल टोलि बन्न सक्छौं । ‘ चेल्सीले शनिबार प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेल्दै छ। एन्टोनियो कोन्टेलाई प्रतिस्थापन गरेपछि सार्रीले भने, ‘मलाई लाग्छ यसपटक खेल धेरै छिटो आएको छ।’
सार्रीले प्रि सिजन इन्टरनेसनल च्याम्पियन्स कपको खेलबाट चेल्सीको यात्रा सुरु गरेका थिए ।उक्त खेलमा उनले टोलीका मुख्य खेलाडीलाई विश्राम दिएका थिए । यध्यपी सो खेलमा विश्वकप खेलेका ब्राजिलियन विलियन, इंग्ल्याण्डका रुबेन लोफ्टस चेक र नाइजेरियाका भिक्टर मोजेज सुरुवाती ११ मा परेका थिए । यस्तै बेल्जियमका एडेन हजार्ड, फ्रान्सका ओलिभर जिरुड र एन्गोलो कान्टे भने दोस्रो हाफमा मैदान छिरेका थिए । सो खेलमा हजार्डको पेनाल्टी गोल मार्फत नै चेल्सीले जित दर्ता समेत गरेको थियो । खेल अघिको २ दिनको अभ्यास भने गोलरक्षक थिबाउट कोर्टुवाले गुमाएका छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]