default_image

7 years ago

August 8, 2018

एमबाप्पलेसहित विश्वकप विजेताको पिएसजीमा भव्य स्वागत

89 views

0 Bookmark

पेरिस (एजेन्सी)– विश्व कप जितेयता पहिलो पटक क्लब फर्केका फ्रान्सेली फुटबल टोलीका आफ्ना तीन खेलाडीलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) भव्य स्वागत गरेको छ । स्ट्राइकर केलियन एमबाप्पे, रक्षक प्रिस्नेल किमपेन्बे र गोलकिपर अल्फोन्से अरियोला रसिया विश्व कप जित्दा फ्रान्सेली टोलीका सदस्य थिए ।

क्लब फर्कदा उनीहरुलाई रेड कार्पेटसहितको स्वागत गरिएको थियो । फ्रान्सको झन्डा फहराउनुका साथै राष्ट्रिय गान पनि बजाइएको थियो । टोलीका अन्य सदस्य केहि अघि प्रशिक्षणमा फर्केपनि विश्व कपमा सहभागी खेलाडीलाई भने क्लबले केहि लामो छुट्टी थिएको थियो । जुलाई १५ मा मस्कोमा क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्व कप जितेको थियो ।

पिएसजी एकेडेमीका सदस्यले पनि आफ्ना स्टार खेलाडीलाई स्वागत गरेका थिए । १९ वर्षे एमबाप्ले रसियामा चम्केका खेलाडी मध्ये एक हुन् । उनी प्रतियोगिता युवा खेलाडीबाट पनि सम्मानित भएका थिए । विश्व कपमा उनले ४ गोल गरेका थिए । क्रोएसियालाई फाइनलमा ४–२ ले हराउँदा एमबाप्पेले १ गोल गरेका थिए ।

अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदा एमबाप्पेले २ गोल गरेका थिए । रसिया विश्व कपमा त्यसलाई सम्झनालायक मध्ये एक खेलका रुपमा लिइएको छ । २२ वर्षे सेन्टर हाफ किमपेन्बेले भने विश्व कपमा एक मात्र खेल खेलेका थिए ।

उनी सम्मिलित समूह चरणको अन्तिम खेलमा फ्रान्सले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । टोलीका तेस्रो रोजाइका गोलकिपर आरियोलाले भने विश्व कपमा कुनै खेल खेल्न पाएनन् ।

विश्व कपपछिको छुट्टी सकेर टोलीमा फर्केका उनीहरु प्रशिक्षणमा जुट्नेछन् र यहि साताबाट सुरु हुने लिग १ का लागि तयार हुने प्रयास गर्नेछन् । पिएसजी लिग वानको साविक विजेता हो । टोलीले आइतबार पहिलो खेल खेल्नेछ । नयाँ प्रशिक्षक थोमस टुचेको पिएसजीका लागि त्यो पहिलो लिग खेल हुनेछ ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.