7 years ago
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा बिहीबारबाट सुरु हुने यू १५ महिला साफ च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
यसपटक नेपालले पहिलो संस्करणमा भन्दा सुधार गर्ने विश्वासका साथ प्रशिक्षक गंगा गुरुङले उपाधि जित्ने आशा व्यक्त गरेकी छन् । यसअघि भन्दा राम्रो तयारी भएकै कारण उपाधि जित्ने आशा गरिएको प्रशिक्षक गुरुङको भनाई छ । नेपालको समूहमा बंगलादेश र पाकिस्तान रहेका छन् । पाकिस्तान साविक विजेता टोली हो ।
‘नियमित अभ्यासले टोलीको मनोबल छ । त्यसैले उत्कृष्ट सुरुवात गर्ने विश्वास छ,’ प्रशिक्षक गुरुङले बुधबार आयोजित प्रि म्याचकन्फ्रेन्समा भनिन्,‘ बंगलादेश पाकिस्तान दुवै बलिया छन् । जित हार स्वभाविक हो । तर हामी यसपटक उच्च प्रदर्शन गर्नेमा आशावादी छौं । ’
पहिलो संस्करणमा नेपाल आयोजक समेत रहेको बंगलादेशसँग ६–० ले र भारतसँग १०–० ले पराजित भएको थियो । अर्को खेलमा भुटानसँग बराबरी खेलको थियो ।
नेपाली टोलीकी कप्तान प्रिति राईले प्रतियोगिताका लागि एक्सपोजर नभएपछि टोलीले शतप्रतिशत दिने बताइन् । नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
बंगलादेशका मुख्य प्रशिक्षक गोलोन रोब्बिनले आफ्नो टोलीले सफल सुरुवात गर्ने अपेक्षा राखेको बताए । बंगलादेशकी कप्तान माभी माण्डाले साफका लागि पर्याप्त तयारी गरेकाले विना दबाब खेल्ने बताइन् ।
तीन वर्षपछि फुटबलमा फर्केको उल्लेख गर्दै पाकिस्तानका प्रशिक्षक मोहम्मद रसिदले सक्दो राम्रो खेल्ने प्रयास गर्ने बताए । उनका अनुसार टोलीले पछिल्लो एक महिना प्रशिक्षण गरेको बताए ।
समूह बी मा रहेका भारत, श्रीलंका र भुटानका प्रशिक्षकहरुले उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता भएको बताएका छन् । बिहीबार सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]