default_image

7 years ago

August 8, 2018

गोलकिपर अरिजाब्लागालाई चेल्सीको कीर्तिमानी मुल्य

70 views

0 Bookmark

लन्डन (एजेन्सी)- लन्डन क्लब चेल्सीले गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्यमा स्पेनिस क्लब एथ्लेटिको बिल्वाओका कीपा अरिजाब्लागालाई क्लबमा अुनबन्ध गर्ने पक्का भएको छ ।

पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलरक्षक अरिजाब्लागालाई  ७२ मिलियन पाउन्ड खर्चन तयार भएको हो ।

डेली मेलका अनुसार चेल्सीले अरिजाब्लागालाई पाँच वर्षका लागि अनुबन्ध गर्ने प्रयास गर्दैछ । कागजी प्रक्रिया र मेडिकल समर ट्रान्सफरको अन्तिम दिन बिहिबार हुने क्लबले जनाएको छ । सम्झौता भएमा अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपरका लागि बन्नेछन् ।

गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । यस्तै अरिजाब्लागासँगको सम्झौता सफल भएमा चेल्सीका लागि कीर्तिमानी अनुबन्ध हुनेछ । चेल्सीले यसअघि स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि ५८ मिलियन पाउण्ड खर्चिएको थियो ।

अरिजाब्लागाले स्पेनिस टोलीबाट उनले एकमात्र क्याप जितेका छन् । एथ्लेटिको बिल्वाओको पहिलो रोजाइको टिममा रहेर दुई सिजन बिताएर उच्च प्रदर्शन गरेका अरिजाब्लागाको गत जनवरीमा १७ मिलियन पाउन्ड मात्रै तोकिएको थियो ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.