7 years ago
August 7, 2018
इंग्लयान्ड (एजेन्सी) – आर्सनलका शेयरधनि स्टेन क्रोन्केको क्लबको सम्पूर्ण शेयर खरिद गर्ने प्रस्तावलाई अर्का शेयरधनि अलिसर उस्मानोभले स्वीकार गरेका छन् । ३० प्रतिशत शेयर भएका अलिसरले ५५० मिलियन पाउण्डको स्टेनको प्रस्तावलाई स्वीकार गरेका हुन् ।
अमेरिकी अरबपति स्टेनको आफ्नो कम्पनी केएसईबाट ६७ प्रतिशत शेयर रहेको बताउदै अन्ये शेयर पनि किन्ने घोषणा गरेका थिए । ‘मैले आर्सनलमा आफ्नो शेयर बेच्ने फैसला गरे । जो दुनियामा सबै भन्दा राम्रो क्लब हुन सक्छ’ अलिसरले भने, ‘आफ्नो शेयर भएपनि उस्मानोभ भने आर्सनलको निर्णय बोर्डमा छैनन् ।’ जबकी क्लबको मुल्य १.८ बिलियन पाउण्ड रहेको बताइएको छ । तर, क्लबलाई ५५० मिलिया पाउण्डमा किन्न स्टेनले प्रस्ताव गरेका थिए ।
क्लबलाई आफ्नो निजीमा लिए क्लबको रणनिती र महत्वकांक्षलाई अघि बढाउन सजिलो हुने स्टेनले बताएका छन् । मंगलबर स्टक एक्सचेन्जको खरिदको घोषणा गरेको छ । मे २०१७ मा मेटल म्याग्नेटले १ बिलियन पाउण्डको बोली लगाएका थिए । तर क्रोन्केले उनको बोलीलाई अस्वीकार गरेका थिए । क्लबका लागि प्रिमियर लिग र च्याम्पियन्स लिगका साथ साथै महिलाको बरिष्ठ खेल र युवा स्तरमा प्रमुख ट्रफी जित्नका लागि प्रतिस्पर्धा गर्न सहज हुने स्टक एक्सचेन्जले बताएको छ ।
सन् २०११ देखी क्लबको प्रशिक्षक, खेलाडी किनबेच, विश्लेषण, खेल प्रबन्धकका लागि केएसईले लगानी गर्दै आएको बताएको छ । गत सिजन आर्सनल प्रिमियर लिगमा छैठौं स्थानमा थियो भने युरोपा लिगको समूह चरणबाट क्वालिफाई भयो । आर्सनलले आइतबार बाट म्यान्चेस्टर सिटीसँग खेल्दै आफ्नो प्रिमियर लिगको सुरुवात गर्दै छ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]