default_image

9 years ago

February 15, 2016

साग फाइनलः नेपाल र भारत खेल्दै

149 views

0 Bookmark

गुहावटी, फागुन ३
नेपालले साग फुटबलतर्फ सोमबार उपाधिको लागि आयोजक तथा घरेलु टोली भारतको सामना गर्दैछ ।
गुहावटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत सोमबार नेपालले फुटबलतर्फ (महिला÷पुरुष) दुवैले उपाधिको लागि खेल्दैछ ।

nep
पुरुष तर्फको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि इन्दिरा गान्धी एथलेटिक्स् स्टेडियमा हुनेछ । भने महिलातर्फको खेल दिउसो चार बजेपछि सुरु हुदैछ ।
१७ वर्षपछि फाइनलमा प्रवेश गरेको नेपालले घरेलु भुमिमा भारतलाई हराउदै इतिहास बनाउने अवसर छ । सेमिफाइनलमा माल्दिभ्सविरुद्व नाटकीय जित निकालेको नेपालले सोमबार पनि फाइनलमा त्यस्तै प्रदर्शन गर्न जरुरी छ । निकै नै उत्कृष्ट लयमा देखिएका तथा एकै महिनामा तीन ह्याट्रिक पुरा गरेका नवयुग श्रेष्ठले त्यही लयलाई निरन्तरता दिन सके नेपाल उपाधि दिलाउन सक्नेछ । यस्तै विमल घर्तीमगर, अन्जन विष्ट र गोलरक्षक विकेश कुथुको उत्कृष्ट प्रदर्शन पनि नेपालको जितको लागि आधार बन्नेछ ।
सन् १९९३ मा भारतलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो । सन् १९९९ मा फाइनलमा चुकेको थियो ।
दक्षिण एसियाली फुटबलमा भारतको दबदबा रहेको बताउदै प्रशिक्षक शाक्यले यसपटक भारतलाई घरेलु भुमिमै पराजित गर्दै उपाधि रक्षा गर्ने बताएका छन् । ‘हाम्रा खेलाडीहरुले पछिल्ला केही महिनायता उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सेमिफाइनलमा शनिबार माल्दिभ्सविरुद्वको खेलमा पनि नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।’ प्रशिक्षक शाक्यले भने, ‘टिमवर्क र खेलाडीहरुको कडा मिहेनतले नै यो सम्भव भएको हो । फाइनलमा पनि यस्तै प्रदर्शनको आवश्यकता छ । मैले भारतमा थुप्रै खेल खेले । अब प्रशिक्षकको रुपमा रहदा भारतलाई पराजित गर्दै अर्काे उपाधि लिने योजना छ ।’
कप्तान विराज महर्जनले भारतविरुद्वको खेल हाम्रो लागि विश्वकपको फाइनल खेल जस्तै रहेको बताए । ‘मलाई विश्वकपको फाइनलमा पुगेको जस्तै अनुभति भइरहेको छ । जुन हाम्रो लागि महत्वपुर्ण छ । जसरी हामीले माल्दिभ्सविरुद्वको खेलमा आक्रमक शैलीमा खेल्दै अन्तिम समयमा जित निकाल्यौ । त्यस्तै प्रदर्शनलाई भारतविरुद्व निरन्तरता दिनु आवश्यक छ । कप्तान महर्जनले भने, ‘भारतविरुद्व उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका साथ खुशी लिएर फर्कने छौ ।’

यस्तै सोमबारै सिलोङम हुने खेलमा नेपाली महिला टिमले पनि उपाधिको लागि भारतकै सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो सवा ४ बजेपछि सुरु हुनेछ ।
नेपालले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । तर, नेपाली टिमका प्रशिक्षक धु्रव केसीले डिफेन्डिङ च्याम्पियन तथा आयोजक राष्ट्र भारतविरुद्व उत्कृष्ट खेल पस्कदै उपाधि जित्ने बताएका छन् । ‘हामीले लिग चरणमै भारतसँग खेलिसकेका छौं । उनीहरुको कमजोरी नियालेका छौ ।’ प्रशिक्षक केसीले भने, ‘दक्षिण एसियाली स्तरको महिला फुटबलमा पनि भारतीय दबदवा रहेको छ । दुवै टिमको उपाधि सम्भावना बराबरी छ । हामी भारतविरुद्व आत्मविश्वासका साथ खेल्दै उपाधि हत्याउने छौ ।’
नेपालले समूह चरणमा १० अंक जोडेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई २–० ले तथा श्रीलंकलाई ४–० ले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबरी खेलेको थियो ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.