7 years ago
August 7, 2018
बार्सिलोना (एजेन्सी)– लुइस स्वारेजलगायत क्लबका अन्य केहि स्टार खेलाडी विश्व कपपछि पहिलो पटक सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल भएका छन् । स्वारेजसँगै फिलिप्पे काउटिन्हो, इभान राकिटि, सामुइल उम्टिटी, यरी मिना र थोमस भेर्मेलेन विश्व कपपछि पहिलो पटक क्लबको अभ्यासमा सामेल भएका हुन् ।
लियोन मेस्सी, मार्क आन्द्रे टर स्टेगन, जेरार्ड पिके, सर्जियो बुस्केट, ओसमाने डेम्बेले, जोडी अल्बा, सिर्जी साम्पेरसहितका खेलाडीले पनि हल्का अभ्यास सत्रमा भाग लिएका थिए । मेस्सी र स्वारेजले गत सिजन ला लिगामा ५९ गोल गरेका थिए । अभ्यासमा पनि उनीहरुसँगसँगै थिए ।
बार्सिलोना युवा खेलाडी लिएर अमेरिका भ्रमणमा निस्केको थियो । जहाँ टोलीले इंग्लिस टोली टोटेनह्यामसँग २–२ को बराबरी खेलेको थियो । त्यसअघि बार्सिलोना रोमा र एसी मिलानसँग पराजित भएको थियो । टोलीका केहि महत्वपूर्ण सदस्य आइतबार सेभिल्लासँग हुने स्पेनिस सुपर कपमा खेल्ने अपेक्षा गरिएको थियो ।
त्यसपछि टोलीले अगस्ट १५ गते बोका जनियरर्ससन्ग जोहान गाम्पेर ट्रफीमा प्रतिस्पर्धा गर्नेछ । त्यसको तीन दिनपछि ला लिगा सिजनको सुरुवातको खेलमा बार्सिलोनाले घरेलु मैदानमा अल्भेसको सामना गर्नेछ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]