7 years ago
August 6, 2018
बार्सिलोना (एजेन्सी) – बायर्न छाडेर बार्सिलोना आका आर्टुरो भिडालले सुपरस्टार लियोनल मेस्सीसंग खेल्ने मौकालाई बृहत रुपमा लिएका छन्। चिलीका मिडफिल्डर भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना आएका हुन्।
भिडाललाई प्राप्त गर्न ला-लिगा च्याम्पियन बार्साले २० मिलियन युरो तिर्नु परेको हो । ब्राजिलियन पौलिन्होलाई प्रतिस्थापन गरेपछि बार्सिलोनाको खेलाडीका रुपमा पहिलो पटक बोल्दै भिडालले भने, ” ईमान्दार भएर भन्नु पर्दा म धेरै खुशी छु। म मेरा साथीहरुसँग यति धेरै प्रख्यात जर्सी लगाएर अभ्यास गर्न र टोलीका लागि महत्वपूर्ण योगदान गर्न आतुर छु।”
३१ बर्षीय भिडालले थपे, “यो एउटा सपना हो। म मेरो उदेश्य पुरा गर्ने आशा राख्दछु। म यहाँ भएजति सबै ट्रफी जित्न आएको हो र म मैदानमा यसको लागि जे गर्नपनि तयार छु। यसले गर्दा मेरा साथीहरुलाई खेल जित्न सहयोग गर्नेछ। तिन बर्षको अनुबन्धन् अवधिमा म आशा गर्छु कि हामी खेलेका सबै खेल जित्ने छौं। म मेस्सी, स्वारेज र सर्जियो बुस्केट्ससंग खेल्न धेरै इच्छुक छु किनकि उनीहरु सबै महान् खेलाडी हुन्।”
भिडालले यसअघि युभेन्टसमा रहेर इटालियन लिग उपाधि जितेका छन् । बायर्नमा उनले तीनै सिजन लिग जितेका थिए । त्यसअघि उनी जर्मन क्लब लेभरकुसनबाट खेल्ने गर्दथे ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]