7 years ago
August 6, 2018
टुरिन (एजेन्सी)– युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलेग्रीले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी विश्वका दुई उत्कृष्ट खेलाडी भएको चर्चा गर्दा क्लबले नयाँ सिजनका लागि अब खेलाडी नथप्ने प्रष्ट पारेका छन् ।
प्रि सिजनका दौरान टोलीका केहि युवा खेलाडीबाट प्रभावित भएका एलेग्रीले भने, ‘मैले जे चाहन्छु क्लबले त्यहि गर्नेछ । अब थप सम्झौता हुने छैन । अब हामी प्रतिस्पर्धाका लागि तयार छौं । जति खेलाडी छन् त्यसका आधारमा म सिजन सुरुवातको प्रतिक्षामा छु ।’
उनले रोनाल्डोलाई प्रशिक्षण गर्न पाउनु आफ्नो लागि पनि गर्वका विषय भएको उल्लेख गर्दै भने, ‘उनी र मेस्सी विश्वका उत्कृष्ट खेलाडी हुन् । हामीसँग दुईटा पोजिसनका लागि ५ जना खेलाडी छन् । सिजन प्रतिस्पर्धात्मक हुनेछ, त्यसैले हामीलाई सबै खेलाडीको उत्तिकै जरुरी हुन्छ ।’
अमेरिका भ्रमणमा केहि युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अमेरिका भ्रमणका विषयमा भने, ‘हाम्रो परिक्षणका लागि यी खेल महत्वपूर्ण थिए । हामी दुई उत्कृष्ट टोलीसँग खेल्यौं । नयाँ सिजन अघि हामीले यहाँ चार वटा खेल खेल्यौं ।’
एलेग्रीले थपे, ‘हाम्रो लागि आफ्नो क्षमता परिक्षण गर्ने र अनुभव बटुल्ने अवसर थियो ।’ भ्रमणका दौरान युभेन्ट्स रोनाल्डोको पूर्व क्लब रियल म्याड्रिडसँग ३–१ ले पराजित भएको थियो । रोनाल्डो भने त्यो समय टुरिनमै रहेर टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गरिरहेका थिए । किइभोसँग खेल्दै युभेन्ट्सले यसपटकको सिजनको सुरुवात गर्नेछ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]