7 years ago
August 6, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन प्रिमियर लिगका लागि परिपक्व भएको प्रशिक्षक पेप गुआर्डिओलाले बताएका छन् । १८ बर्षीय फोडेनले आइतबार कम्युनिटी सिल्डमा चेल्सीविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सिटीले कम्युनिटी सिल्ड जित्दा फोडेनले महत्वपुर्ण भुमिका खेले । स्टोकपोर्टमा जन्मिएका मिडफिल्डर फोडेनले सिटीको पहिलो गोलका लागि स्ट्राइकर सर्जियो अगुएरोलाई पास मिलाएका थिए । सिटीले कम्युनिटी सिल्डमा चेल्सीलाई २–० ले पराजित गरेको थियो । जसमा स्ट्राइकर अगुएरोले दुबै गोल गरेका थिए ।
‘फिल पछिल्लो सिजनमा तयार थिएनन् । तर, त्यो एक वर्ष बितेको छ र अब उनी परिपक्व भैसकेका छन् ’ प्रशिक्षक गार्डियोलले भने, ‘उनी हामीसँग पछिल्लो सिजनमा प्रशिक्षण लिइरहेका थिए र उनले सबै खलाडीसँग रोम्रो खेले ।’ आइतबारको खेलमा टोलीका मुख्य खेलाडी मिडफिल्डर केविन डे ब्रुएन र डेविड सिल्भा टोलीमा सहभागिता थिएनन् । फोडेनले आत्मविश्वास र रचनात्मक कौशलका कारण मौका पाएका थिए। अगुएरोले सिटीका लागि २०० गोल पुरा गर्न फिलले महत्वपुर्ण सहयोग गरे ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]