7 years ago
August 6, 2018
मिलान (एजेन्सी) – इटालियन क्लब एसी मिलानले पुर्व कप्तान पाओलो माल्डिनीलाई मिलानको रणनीतिक विकासको निर्देशकमा नियुक्त गरेको छ । ५० वर्षीय पूर्व डिफेन्डर पाओलोले आफ्नो करिअर सान सिरोमा बिताएका थिए ।
माल्डिनीले सान सिरोमा ९०२ खेलमा सहभागीता जनाएका थिए । उनले आफ्नो २५ बर्षीय खेल जिवनमा सात सिरी–ए उपाधि जितेका थिए । त्यस्तै पाँच च्याम्पियन्स लिग र कोपा इटालीया समेत जिते । उनको नियुक्ती पूर्व मिडफिल्डर लिओनेआर्डो प्रशिक्षकका रुपमा नियुक्त भएको एक हप्ता पछि गरिएको हो ।
नियुक्तिपछि मिलानका अध्यक्ष पाओलो स्कारोनीले भने, ‘माल्डिनी मिलानको लागि कस्तो प्रतिनिधित्व गर्छन् त्यसका लागि कुनै शब्द नै छैन् । उनले मैदानमा कैयौ ट्रफि जितेका छन् र म उनीसँग काम गर्न धेरै खुसी छु ।’ माल्डिनी सर्वकालीन महान रक्षक मध्येमा गनिन्छन् । उनले १७ बर्षको उमेर देखि आफ्नो व्यवसायिक फुटबल यात्रा शुरु गरेका थिए । २००९ मा इटाली राष्ट्रिय टिमबाट सन्न्यास लिनुअघि उनले राष्ट्र्रिय टोलीका लागि १२६ खेल खेलेका थिए ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]