7 years ago
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको पुरुष फुटबलतर्फ नेपाली युवा टिमले पहिलो खेलमै जापानको सामना गर्ने भएको छ । एसियाली फुटबल महासंघले आइतबार निकाले ‘ड्र’ अनुसार नेपालले नेपाल समूह ‘डी’ मा रहेको छ ।
पहिलो खेलमै एसियाली पावरहाउस जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली युवा टोली र जापानी युवा टोलीबीचको खेल १४ अगस्टमा हुनेछ । खेल नेपाली समयअनुसार २ः४५ बजेपछि हुनेछ ।
दोस्रो खेलमा नेपालले अगस्ट १६ मा भियतनाम तथा समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग १९ अगस्टमा खेल्नेछ । एसियाड र साफ च्याम्पियनसिपको लागि नेपाली युवा टोली शुक्रबार वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गरेको छ ।
नेपालले शनिबारबाटै थाइल्यान्डमा प्रशिक्षण शुरु गरिसकेको छ । १० दिनको प्रशिक्षणका क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल पनि खेल्नेछ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]