default_image

7 years ago

August 5, 2018

प्रि–सिजनमा बार्सिलोनाको लगातार दोस्रो हार

54 views

0 Bookmark

सान्ताक्लारा (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इतालियन क्लब एसी मिलानसँग १–० ले पराजित भएको हो ।

बार्सिलोना यसअघि इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएको थियो । पहिलो खेलमा भने इंग्लिस क्लब टोटनह्यामलाई ५–३ ले पराजित गरेको थियो ।
अमेरिका सान्ताक्लारास्थित लेभिस स्टेडियममा भएको खेलमा आन्द्रे सिल्भाले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोनले लगातार दोस्रो हार बेहोर्न बाध्य बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले गोल गर्ने मौकाहरु खेर फालेको थियो । दुवै टिमले दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो । अब बार्सिलोनाले सेभिल्लासँग खेल्नेछ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.