7 years ago
August 5, 2018
डब्लिन (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले मैत्रीपूर्ण खेलमा इटालियन क्लब नपोलीमाथि फराकिलो जित निकालेको छ । शनिबार राति डब्लिनमा भएको खेलमा लिभरपुलले नपोलीमाथि ५–० को फराकिलो जित दर्ता गरेको हो ।
लिभरपुललाई जिताउन जेम्स मिल्नर, जर्जिन्हो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक गोल गरे । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको शुरुबाटै गोल गर्न शुरु गरेको थियो । चौथो मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए ।
नवौं मिनेटमा विज्नाल्डमले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि बढेको थियो । दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्न सफल भयो । ५८ औं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले खेलमा ३–० को अग्रता दिलाए ।
लिभरपुलको गोल गर्ने क्रम अझै रोकिएन । ७३ औं मिनेटमा स्टुरेज र ७७ औं मिनेटमा मोरेनोले गोल गर्दै लिभरपुललाई ५–० को फराकिलो जित दिलाए । लिभरपुल प्रिमियर लिग तथा नपोली सिरी ‘ए’ को तयारीमा छ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]