7 years ago
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल खेलाडीले प्राप्त गर्ने भत्तामा बृद्धि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने दौरानमा उपलब्ध गराउने दैनिक भत्ता अबबाट २१ अमेरिकी डलर दिने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिएका छन् । यसअघिको भत्तामा यो ५० प्रतिशतले बृद्धि हो ।
यसअघि एन्फाले हरेक खेलाडीलाई दैनिक भत्ताका रुपमा १४ अमेरिकी डलर उपलब्ध गराउँदै आएको थियो । अहिले तत्कालका लागि पुरुष टोलीलाई यो उपलब्ध गराउने अध्यक्ष शेर्पाले बताए । ‘समानाकुल भत्ता बृद्धि गर्नै पर्ने भएकाले हामीले बढाएक हौं ,’ अध्यक्ष शेर्पाले भने, ‘यो पर्याप्त होइन । भविष्यमा बढ्दै जानेछ ।’
राष्ट्रिय टोलीका सदस्यले जनही मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । भत्ता भने अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेलका दौरान मात्र प्राप्त गर्नेछन् । महिला राष्ट्रिय टोलीका खेलाडीका लागि भत्ता बढ्ने विषयमा भने छलफल हुने पनि अध्यक्ष शेर्पाले जानकारी दिए । ‘अहिलेका लागि पुरुष टोलीको भत्तामा बृद्धि गरेका हौं ,’ उनले भने, ‘महिलाको हकमा के गर्ने भन्ने विषयमा हामी छलफलपछि एउटा निर्णयमा पुग्ने छौं ।’
अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुद र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि अहिले नेपाली टोली थाइल्यान्डमा रहेको छ । थाइल्यान्डमा २ अभ्यास खेलपछि नेपाली यू २३ टोली इन्डोनेसिया जानेछ ।
भदौ २ गते एसियाडको औपचारिक सुरुवात भएपनि फुटबल भने त्यसअघि नै सुरु हुनेछ । राष्ट्रियले भाग लिने साफ च्याम्पियनसिप भने भदौ १९ गतेबाट बंगलादेशमा सुरु हुनेछ । नेपालले पाकिस्तानको सामना गर्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]
February 2, 2025
एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]