default_image

7 years ago

August 4, 2018

भिडालको यात्रा अब बार्सिलोनामा 

68 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बायर्न म्युनिखका चिलियन मिडफिल्डर अर्टुरो भिडाल बार्सिलोना जाने पक्का भएको छ । यद्दपी दुई क्लबबीच कतिमा सम्झौता भएको भन्ने खुलाइएको छैन । उनले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ । ३१ वर्षे भिडालले केहि दिनमा ला लिगा च्याम्पियन टोलीका लागि स्वास्थ्य परिक्षण गराउने बताइएको छ । 

उनी सन् २०१५ मा युभेन्ट्सबाट बार्यन पुगेका थिए । बायर्नमा उनले लगातार तीन सिजन बुन्डेस लिग उपाधि जितेका थिए । बार्साले सामाजिक सञ्जालमार्फत छिट्टै खेलाडीको आगमन र सार्वजनिक गर्ने विषयमा जानकारी दिने उल्लेख गरेको छ ।

बायर्नले पनि सामाजिक सञ्जालमार्फत भिडाल बार्सिलोना जान लागेको जनाएको छ । ‘क्लबमा पुर्याएको योगदानका लागि हामी भिडाललाई धन्यवाद दिन चाहन्छौ. र स्पेनमा उनको उज्जवल भविष्यको कामना गर्दछौं,’ सामाजिक सञ्जालमार्फत क्लबका प्रमुख कार्यकारी कार्ल हिन्ज रुमिनिजीले भनेका छन्, ‘उनी जहिले पनि महत्वपूर्ण र भरगर्न लायक खेलाडी रहे ।’

बार्यनमा तीन बर्षको दौरान एक जर्मन कप र दुई जर्मन सुपर कप जितेका भिडालले क्लबलाई धन्यवाद दिदै बार्सिलोनामा नयाँ चुनौतिका लागि आफु तयार रहेको बताएका छन् । २०११ मा बायर लिभरकुसेनबाट युभेन्ट्स पुगेका उनले चार बर्षमा चार पटक सिरी–ए जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । चिलीका लागि १ सय क्याप जितिसकेका भिडालले २०१५ को कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.