7 years ago
August 3, 2018
लन्डन (एजेन्सी) – ब्राजिलका युवा स्टार गाब्रियल जेससले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता थप दुई वर्ष बढाएका छन् । प्रिमियर लिग च्याम्पियन सिटी र जेससबीच थप दुईवर्ष सम्झौता बढाउने सहमति भएको हो । जेसस अब सन् २०२३ सम्म सिटीमै रहने छन् । अघिल्लो वर्षमात्रै सिटीमा पुगेका जेससले २०२१ सम्म सम्झौता थियो ।
सिटीले अघिल्लो सिजन कीर्तिमानसहित लिग उपाधि जित्दा २१ वर्षे जेससले लिगका २९ खेलमा १३ गोल गरेका थिए । जेससले गत अफ्रिलमै सिटीसँग लामो सम्झौता गर्ने तयारी गरेका थिए । तर, यो समर ट्रामन्सफरमा मात्रै सम्भव भएको हो ।
जेससले क्लबसँगको सम्झौता थप्नु आफ्नो उत्कृष्ट निर्णय भएको बताएका छन् । ‘म सबै फ्यानहरुलाई धन्यवाद दिन चहान्छु । किन भने म उत्कृष्ट लिगको उत्कृष्ट क्लब म्यानचस्टर सिटीमा छु,’ उनले भनेका छन्,‘मैले यहाँ आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनलाई क्रमश सुधार गरिहेको छु ।’
म्यानचेस्टर सिटीका निर्देशक छिकी ब्रिगिस्टेनले विश्व फुटबलमा जेसस उत्कृष्ट युवा फरवार्ड रहेको बताएका छन् । ‘जेससको खेलमा फरकपन छ । जेससले प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा सँग कसरी खेलिरहेका छन् । त्यो झनै उत्कृष्ट छ । म अझै उनको खेलमा सुधार आएको हेर्न चहान्छु ।’ निर्देशक छिकीले भनेका छन् ।
गत जुलाईमा रसिया सम्पन्न विश्वकपमा जेससलाई गोल्डेनबुटको दाबेदार मानिएपनि उनले पाँच खेलमा एक गोल गर्न पनि सकेका थिएनन् । उनको टोली क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ ले पराजित हुदै घर फर्किएको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]