7 years ago
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु–२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेका छन् । ३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीहरुले बिदाई गरे ।
किरण चेम्जोङ बुधबार माल्दिभ्सबाट काठमाडौं आइपुगेको र उनी तीन दिनपछि थाइल्यान्ड प्रस्थान गर्ने एन्फाले जनाएको छ । रोहित चन्द इन्डोनेसियामै छन् । तीन महिनाअघिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा एसियाड र साफ च्याम्पियनसिपको लागि तयारी गरिरहेको थियो । टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गर्न लागेको हो ।
टिमको १० दिने प्रशिक्षण दौरान नेपाली युवा टिमले दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका अनुसार नेपाली यु–२३ टिमले अगस्ट ७ मा थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग बोनयचिन्दा स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । १० अगस्टमा थाम्मासत युनिभर्सिटी मैदानमा थाइल्यान्डको यु–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ ।
एसियन गेम्स अन्र्तगतको पुरुष फुटबल अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । नेपाल जापान, भियतनाम र पाकिस्तान रहेको समूह ‘डी’ मा रहेको छ । यू २३ मा ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार नेपालले गोलकिपर किरण चेम्जोङ, मिडफिल्डरद्वय रोहित चन्द र विशाल राईलाई समावेश गरेको छ । भरत खवास चोटका कारण बाहिरिएपछि उनको ठाँउमा विशाललाई राखिएको थियो ।
थाइल्यान्ड प्रस्थान गरेका नेपाली टोली
१.एलेन न्यौपाने
२.सोजित गुरुङ
३.अनन्त तामाङ
४.आदिथ्य चौधरी
५.अन्जन विष्ट
६. विमल घर्तीमगर
७. विराज महर्जन
८. बिशाल राई
९. देवेन्द्र तामाङ
१०. दिनेश राजवंशी
११. गौरव बुढाथोकी
१२. जर्जप्रिन्स कार्की
१३. हेमन गुरुङ
१४.हेमन्त थापामगर
१५. कमल श्रेष्ठ
१७. नवयुग श्रेष्ठ
१८. रविन श्रेष्ठ
१९. सन्तोष तामाङ
२०. सुजल श्रेष्ठ
२१. सुमन अर्याल
२२. सुमन लामा
२३. सुनिल बल
२४. तेज तामाङ
२५. छिरिङ गुरुङ
२६. अभिषेक रिजाल
टिम प्रशिक्षकः ग्योतोकु कोजी
प्रशिक्षकः बाल गोपाल महर्जन
गोलरक्षक प्रशिक्षकः नविन्द्र महर्जन
दोभासेः रोसन तुलाधर
म्यानेजर: बावुकाजी बस्नेत
फिजियोः राजु दाहाल
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]