7 years ago
August 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिखित स्पष्टिकरण माग गरेका ५ खेलाडीलाई तत्काल कुनै कारवाही नगर्ने भएको छ । गत साता मादक पदार्थ सेवन गरि हो हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले त्यसमा संलग्न भनिएका खेलाडीलाई मौखिक र त्यसपछि ७२ घन्टा भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।
पाँच खेलाडीमा विमल घर्तीमगर, अजन्ज विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ गुरुङ शेर्पा । पाँचै खेलाडी, टोलीका व्यवस्थापक र होस्टल वार्डेनले स्पष्टिकरण बुझाइसकेको र सुरक्षा हेर्ने गरुड सेक्युरिटीको स्पष्टिकरण प्राप्त भएपछि थप छानविन अघि बढ्ने भएकोले खेलाडीलाई तत्काल कारवाही नहुने एन्फा प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिए ।
‘छानविनको क्रममै छौं । खेलाडी, व्यवस्थापक र होस्टल वार्डेनको स्पष्टिकरण प्राप्त भएको छ । ती सबै बन्द खाममा छन्,’ उनले भने,‘अब सक्युरिटीको स्पष्टिकरण आएपछि थप छलफल र छानविनका लागि अनुशासन समितिलाई जिम्मा दिइनेछ । समितिको सिफारिसमा आवश्यक निर्णय लिनेछौं । खेलाडीको तत्कालको भ्रमण भने रोकिने छैन ।’
एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीका लागि शुक्रबार टोली थाइल्यान्ड प्रस्थान गर्दा ५ जना टोलीका साथ जाने भएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ र अन्य पदाधिकारीले ५ खेलाडीसँग मौखिक स्पिष्टिकरण लिएपछि लिखित स्पिष्टिकरण पनि लिने निर्णय लिएको थियो ।
एन्फाले खेलाडी, टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापालाई ३ दिन र सेक्युरिटी कम्पनी गुरुडलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]