7 years ago
August 2, 2018
मिलान (एजेन्सी)– अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइन युभेन्ट्सबाट लोनमा एसी मिलान पुगेका छन् । ३० वर्षे उनले सु?वाका लागि बिहिबार स्वास्थ जाँच पनि गराइसकेका छन् । उनको सम्झौता एक वर्षको रहेको छ ।
क्रिस्टियानो रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट युभेन्ट्स आबद्ध भएपछि हिगुइनलाई लोनमा पठाइएको छ । रोनाल्डोलाई बढी भन्दा बढी अवसर दिनका लागि पनि प्रशिक्षक मेसिलियानो एलिग्री र अध्इक्ष आन्द्रे एन्जेलले हिगुइनलाई लोनमा पठाएको विश्वास गरिएको छ ।
सन् २०१६ मा हिगुइन नेपोलीबाट ७९ मिलियन पाउन्डमा युभेन्ट्स पुगेका थिए । युभेन्ट्स जानुअघि उनले सिजनमा ३६ गोलको सिरि एमा कीर्तिमन बनाएका थिए ।
युभेन्ट्समा दुई सिजन बस्दा सिरि ए र कोपा इटालिया जिताएका हिगुइनले यो अवधीमा १ सय ५ खेलमा ५५ गोल गरेका थिए । त्यसमध्ये सिरिएमा ७३ खेलमा ४० गोल रहेको छ ।
कतिपयले भने ठूला अवसरमा हिगुइन प्रभाव पार्नबाट चुक्दै आएको भन्दै आलोचना गर्ने गरेका छन् । विश्व कपमा एउटा खेलमा सुरुवात र अन्य दुई खेलमा परिवर्तित खेलाडीका रुपमा मौका पाउँदा पनि उनले प्रभाव पार्न सकेनन् ।
उनले मौका नपाएको प्रि क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना यस पटकको विश्व कपबाट बाहिरिएको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]