default_image

7 years ago

August 2, 2018

नासरीमाथिको प्रतिबन्ध लम्बियो

68 views

0 Bookmark

लन्डन (एजेन्सी) –इंग्लिस क्लब आर्सनल तथा म्यानचेस्टर सिटीका पूर्व खेलाडी समीर नासरीमाथिको प्रतिबन्ध लम्बिएको छ ।

हिंसात्मक कार्य गरेको भन्दै नासरीमाथि युइएफएले २०१६ डिसेम्बरमा ६ महिनाको प्रतिबन्ध लगाएको थियो । लस एन्जलसमा गरिएको विश्व एन्टी डोपिङ प्रकरणमा असफल भएपछि नासरीमाथि शुरुमा ६ महिनाको प्रतिबन्ध सुनाइएको थियो ।

फेब्रुवरीमा अपिल गरेपछि अपिल कमिटीले उनको प्रतिबन्ध ६ महिनाबाट १८ महिनाको लागि लम्बिएको हो । अब उनले आगमी नोभेम्वरसम्म फुटबलको कुनैपनि गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

लामो समयका लागि म्यानचेस्टर सिटीबाट लोनमा स्पेनिस क्लब सेभिल्ला पुगेका नासरीमाथिको प्रतिबन्ध १ जुलाई २०१७ बाट शुरु हुने युइएफएको अनुशासन कमिटीले जनाएको छ । उनको प्रतिबन्ध १ नोभेम्बर २०१८ सम्म रहने छ ।

फ्रान्सका पूर्व राष्ट्रिय खेलाडी ३१ वर्षे नासरी हाल टर्कीस क्लब एन्टालेसपरमा अनुबन्धित छन् । उनले एन्टालेसपरबाट ८ खेल खेल्दै २ गोल समेत गरिसकेका छन् ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.