7 years ago
August 2, 2018
डबलिन (एजेन्सी) – अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत दुई प्रिमियर लिग टोली आर्सनल र चेल्सीको भिडन्तमा आर्सनलले जित हात पार्न सफल भएको छ । नियमित समय १-१ को बराबरीमा सकिएपछि आर्सनलले खेल पेनाल्टीमा ६-५ ले जितेको हो ।
चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले खेलको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलको १५ औं मिनेटमा आर्सनलका हेक्टर बेल्लेरिनको फाउलमा चेल्सीले पेनाल्टी पनि पाएको थियो ।
तर सो पेनाल्टीमा एल्भारो मोराटाको प्रहार पिटर चेकले बचाऊ गरे । दोस्रो हाफको इन्जुरी समयमा आर्सनल खेलमा फर्केको हो । रिस नेल्सनको पासमा एलेक्जान्डर लाकाजेटले गोल गर्दै खेललाई अन्तिम समयमा पेनाल्टीतर्फ मोडेका थिए ।
आर्सनल र चेल्सीका पहिला ५-५ खेलाडी सबैले आफ्नो पेनाल्टी परिणत गरे । आर्सनलका लागि लाकाजेट, माटियो गुन्डोजी, एन्स्ली मेटलेन्ड-नाइल्स, मेसुट ओजिल र रिस नेल्सनले आफ्नो पेनाल्टी परिणत गरे भने चेल्सीका ड्यानी ड्रिंकवाटर, ट्यामी अब्राहम, भिक्टर मोजेज, एमेर्सन र लुकास पियाजोन चुकेनन् ।
त्यसपछि खेल सडन-डेथमा पुगेको थियो । चेल्सीका रुबेन लफ्टस-चिकको पेनाल्टी चेकले रोकेपछि आर्सनलका एलेक्स इवोबिले आफ्नो प्रहार परिणत गर्दै आर्सनललाई जित दिलाए ।
११ अगष्टमा प्रिमियर लिग सिजन सुरु हुन अघि आर्सनलले शनिबार लाजियोसँग खेल्ने छ, चेल्सीले लियोनसँग अगष्ट ८ मा आफ्नो अन्तिम मैत्रीपूर्ण खेल खेल्ने छ । अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत अन्य खेलमा लियोनले बेनिफिकालाई ३-२ ले पराजित पनि गर्यो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]