10 years ago
August 26, 2015
नेपाल समुह चरणमा दुवै खेल जितेर समुह विजेताको रुपमा सेमिफाइनल पुगेपनि नेपालको खेल भने सम्झनलायक थिएनन्|
भुटान विरुद्ध विमलको ह्याट्रिक र बंगलादेश संग भाग्यले जितेको नेपालको दुवै खेलमा मिडफिल्ड भने फिका थियो| राष्ट्रिय टोलीको ३० खेलाडीमा अटाएका हेमन्त थापा मगर र विश्वास श्रेष्ठ सम्मिलित मिडफिल्डबाट यस्तो प्रदर्शन देखिएला भन्ने सायदै प्रशिक्षक र फ्यानले सोचेका थिए| ए डिभिजनमा समेत आफ्नो क्षमता देखाएका र विगतका उमेर समुहको प्रतियोगितामा फरवार्डको भुमिका निभाएका सुनिल बाल केहि राम्रा देखिएका छन्|
फरवार्ड लाइनमा अन्जन विष्ट र विमलको विचमा देखिने तालमेल मिडफिल्ड चुकेका कारणले गर्दा त्यति मिलेको देखिन्न| डिफेन्सिभ मिडफिल्डमा तिन खेलाडी प्रयोग गरिसकेको नेपालले पहिलो खेलमा तेज लामा र दोश्रोमा कमल श्रेष्ठलाई पहिलो सेटमा उतारेको थियो| दोश्रो खेलमा अतिरिक्त खेलाडिको रुपमा मैदान छिरेका डोना थापाले भने केहि राम्रो पिरदर्शन गरेका थिए| उनको आगमनसंगै नेपालको हातामा बल ज्यादा बसेको थियो र खेलाडि केहि कन्फिडेन्ट पनि देखिएका थिए| डिफेन्समा दिनेश राजवंशीको अनुपस्थितिमा खेलिरहेका सुदन थापाले बंगलादेश विरुद्ध खेलमा गल्ति गरेपनि त्यो नदोहोरिनेमा प्रशिक्षक विश्वस्त हुन जरुरी छ|
अफगानिस्तान जस्तो शारिरिक रुपमा बलियो टोलीसंग दिनेशको अभाव खड्किने सवालमा दुइमत अवश्य छैन| उमेर समुहमा राम्रो प्रदर्शन गरेर ए.पि.एफ् टोलीमा अटाएका गोलरक्षक रोमन रसाइली यो प्रतियोगितामा बेन्चमै छन्| उनिभन्दा एक ब्याच मुनिका सोजित गुरुङ्ग केहि राम्रो भएकाले रोमन पछि परेको कुरा प्रशिक्षकले खुलाशा गरे|
नेपालको सम्भावित ११:
सोजित गुरुङ्ग
आकाश थापा – अनन्त तामाङ्ग – गौरव बुढाथोकि – सुदन थापा
शिव सुबेदि – हेमन्त थापा मगर – डोना थापा – विश्वास श्रेष्ठ
अन्जन विष्ट – विमल घर्ति मगर (क)
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]