7 years ago
August 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –अर्को महिना बंगलादेशमा हुने साफ च्याम्पिनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । भदौ १९ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल समूह एमा रहेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल भदौ १९ गते हनेछ । सोही दिन आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल नेपालले भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल भदौ २३ गते आयोजक बंगलादेशसँग खेल्नेछ ।
अर्को समुहमा साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । राउन्ड रोविन लिग राउन्डबीच समूहका शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । च्याम्पियनसिपको फाइनल भदौ ३० गते हुनेछ ।
नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । एसियाड र साफ च्याम्पियनसिपका लागि संयुक्त अभ्यास गरिरहेका नेपाली खेलाडी केहि दिनपछि अभ्यास खेलका लागि थाइल्यान्ड जाने तयारीमा छन् । नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]