7 years ago
August 1, 2018
डालास (एजेन्सी)– स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब रोमासँग पारजित भएको छ । अमेरिकाको डालासमा बुधबार बिहान भएको खेलमा बार्सिलोना रोमासँग ४–२ ले पराजित भएको हो ।
बार्सिलोनाले दुई पटक अग्रता बनानएर पनि रोमासँग पराजित हुनु परेको हो । रोमाका लागि स्टेफेन अल शारवे, एलेसान्ड्रो फ्लोरेन्जी, ब्रायन क्रिष्टान्टे र डिएगो पेरोट्टीले गोल गरे । बार्सिलोनामा राफिन्हा र माल्कोमले गोल गरे ।
सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३५ औं मिनेटमा रोमाका स्टेफेनले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ५० औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
७८ औं मिनेटमा रोमाका एलेसान्ड्रोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए । ८६ औं मिनेटमा डिएगोले पेनाल्टीमा गोल गर्दै रोमाको गोलअन्रतलाई बढाएका थिए ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]