default_image

7 years ago

August 1, 2018

एसी मिलानविरुद्ध टोटनह्याम विजयी

71 views

0 Bookmark

क्यालिफोर्निया (एजेन्सी) – प्रि– सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा इंग्लिस क्लब टोटनह्याम विजयी भएको छ ।

युएस बैंक स्टेडियम अमेरिकामा बुधबार बिहान भएको खेलमा इंग्लिस क्लब टोटह्यामले इटालियन सिरी ‘ए’ क्लब एसी मिलानलाई १–० ले पराजित गरेको हो ।

टोटनह्यामकोजितमा जर्जेस एन कोउडोउले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा जर्जेसल खेलको ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

टोटेनह्यमले यसअघि भएको मैत्रीपूर्ण खेलमा इटालीकै एएस रोमालाई ४-१ ले पराजित गरेको थियो । त्यसपछि बार्सिलोनासँग टाइब्रेकरमा ५-३ ले पराजित टोली अब इंगल्याण्ड फर्कने कार्यक्रम छ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.