default_image

7 years ago

August 1, 2018

म्यानचेस्टर युनाइटेडसँग रियलको हार

60 views

0 Bookmark

मियामी (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनु अघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ ।

अमेरिकाको मियामीमा भएको खेलमा स्पेनिस जाइन्ट रियल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एन्डर हेरेराले गोल गरे । रियालका लागि करिम बेन्जेमा एक गोल फर्काए । सबै गोल पहिलो हाफमा सम्भव भएको हो ।

१८ औं मिनेटमा सान्चेजको गोलबाट युनाइटेडले अग्रता बनायो । २८ औं मिनेटमा हेरेराले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा  बेन्जेमाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असफल रह्यो ।

युनाइटेडसँगको हारसँगै रियलका प्रशिक्षक जुलेन लुप्टेगुईको नयाँ सिजन हारबाट शुरु भएको छ । उनी विश्वकप दौरान नै रियलको प्रशिक्षकमा नियुक्त भएका थिए ।युनाइटेड यसअघि प्रिमियर लिगको अर्को टोली लिभरपुलसँग ४-१ ले पराजित भएको थियो ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.