7 years ago
August 1, 2018
क्याटलान (एजेन्सी) – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका सुपर स्टार लियोनेल मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा समावेश भएका छन् । रसिया विश्वकप पछि मेस्सी बार्सिलोनाको प्रशिक्षणमा मंगलबारबाट समावेश भएका हुन् ।
मेस्सीको अर्जेन्टिना रसिया विश्वकपको प्रि–क्वार्टरफाइनलमा उपाधि विजेता फ्रान्ससँग ४–३ ले पराजित हुदै घर फर्किएको थियो । तर, मेस्सी यो अवधिमा छुट्टीमा व्यस्त थिए । मेस्सीसँगै स्पेनका डिफेन्डर जेरार्ड पिके र जोर्डी अल्बा पनि बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किएका छन् ।
स्पेन प्रि–क्वार्टरफाइनलमै आयोजक रसियासँग पराजित भएको थियो । ३१ वर्षीय मेस्सीको उच्च प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रे जित्न सफल भएको थियो । यसपटक पनि इर्निस्टो भालभार्डेको प्रशिक्षणमा बार्सिलोनाले उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
तर, यसपटक ला लिगामा आधुनिक फुटबलको दुई हस्ती मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धा हुने छैन । रोनाल्डोले रियाल म्याड्रिडसँगको ९ वर्ष लामो सम्झौतालाई अन्त्य गर्दै इटालियन क्लब युभेन्टस् प्रस्थान गरेका छन् ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]