default_image

7 years ago

July 31, 2018

बेलले रोनाल्डोको परिपुर्ति गर्नेछन्: प्रशिक्षक जुलेन

65 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियाल म्याड्रिडका नवनियुक्त प्रशिक्षक जुलेन लोप्टेगुईले म्याड्रिडमा रोनाल्डोको अभाव अर्का स्टार खेलाडी ग्यारेथ बेलले पूरा गर्ने बताएका छन् ।

bale goal
वेल्सका प्रभावशाली खेलाडी वेलले अघिल्लो सिजन जिनेदिन जिदानको प्रशिक्षणमा कमै मौका पाएपछि क्लब छाड्ने मनसाय बनाइरहँदा रियालकै सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो १ सय मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस्मा पुगेपछि वेल क्लबमै रहेर पहिलो रोजाईमा पर्ने सम्भावना छ ।
रियालका प्रशिक्षक लुप्टेगुईले बेल रियालमै खुशी रहेको बताएका छन् । ‘रियालका सुपरस्टार तथा सर्वाधिक गोलकर्ता रोनाल्डोले क्लब छाड्ने निर्णय गरेपछि हामीले उनलाई रोकेनौं ।’ प्रशिक्षक लुप्टेगुईले भने, ‘टिम निर्माणको क्रममा छ । हामीसँग ग्यारेथ बेल जस्तो प्रतिभाशाली खेलाडी पनि छ । उनी धेरै गुणले भरिपुर्ण छ । उनले अब रियालमा रोनाल्डोको स्थान लिनेछन् ।’ २९ वर्षीय बेल सन् २०१३ मा इंग्लिस क्लब टोटनह्याम हस्टपरबाट रियालमा ८७ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए । बेलले रियालबाट चारपटक च्याम्पियन्स लिग जितेका छन् । अघिल्लो सिजनको च्याम्पियन बन्ने क्रममा लिभरपुललाई ३–१ ले पराजित गर्दा बेलले दुई गोल गरेका थिए ।
‘बेलले फ्रान्सका बेन्जेमासँग रियालको पछिल्लो प्रशिक्षणमा राम्रो गरिरहेका छन् । म यही टिम लिएर सिजन शुरुवात गर्नेछु । यसमा म खुशी हुनेछु ।’ प्रशिक्षक जुलेन लुप्टेगुुईले इन्टरनेसनल च्याम्पियन कप अघिको पत्रकार सम्मेलनमा भने, ‘बेल प्रिमियर लिगमा फर्कने भन्ने हल्ला मात्र हो । उनी क्लबमै खुशी छन् । सम्भावनात्मक अवस्थाबारे केही भन्न चाहदिन ।’
‘बेल रियलमै खुशी छन् । रोनाल्डो रियालमा नभएको अवस्थामा बेलले आफुलाई प्रमाणित गर्ने सुन्दर मौका पाएको छ । उनलाई टिमले साथ दिनेछ । यो हाम्रो लागि उत्साहपूर्ण यात्रा हुनेछ ।’ प्रशिक्षक जुलेनले थपे ।
रियाल अहिले प्रि–सिजनअघिको इन्टरनेसनल च्याम्पियन कपको लागि अमेरिका भ्रमणमा छ । रियालले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.