default_image

6 years ago

July 31, 2018

नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

36 views

0 Bookmark

टुरिन (एजेन्सी)– युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ ।

रियल म्याड्रिडबाट १ सय मिलियन पाउन्डमा युभेन्ट्स आबद्ध भएका रोनाल्डोले प्रशिक्षणमा सामेल हुनुअघि शरीरका विभिन्न परिक्षण गराएका छन् । रियलका पूर्व स्टार आइतबार परिवारका साथ टुरिन पुगेका थिए । रसिया विश्व कपपछि रोनाल्डो विदामा थिए ।

रोनाल्डो परिवारका साथ व्यक्तिगत जहाजमा एयरपोर्टमा उत्रिदा उनलाई स्वागत गर्न केहि युभेन्ट्स फ्यान पुगेका थिए । उनले टोलीका अन्य थुप्रै खेलाडीसँग भेट्न भने बाँकी रहेको छ । मासिमिलियानो अलिग्रीको टोली प्रि सिजन तयारीका लागि अहिले अमेरिका भ्रमणमा रहेको छ ।

यद्दपी उनले टोलीका स्ट्राइकर गोन्जालु हिगुइनसँग भेटेका थिए । सन् २०१३ मा नेपोली जानुअघि हिगुइन रोनाल्डोसँगै रियलमा थिए । दुई वर्षअघि युभेन्ट्सले ७५.३ मिलियन पाउन्डमा हिगुइनले नेपोलीबाट युभेन्ट्स पुगेका थिए ।

यद्दपी अहिले उनी प्रिमियर लिग चेल्सी जाने चर्चा चलिरहेको छ । रानाल्डोले टोलीका अर्का खेलाडी अर्जेन्टिनाका पाउलो डेबालासँग पनि भेटेका छन् । युभेन्ट्सले शनिबार रोनाल्डोको पूर्व टोली रियलसँग इन्टरनेसन च्याम्प्यिन्स कपमा प्रतिस्पर्धा गर्दैछ । तर, रोनाल्डो त्यसमा खेल्ने सम्भावना कम छ ।

रोनाल्डोले अगस्ट १९ मा इटालियन सिरि एमा किइभोविरुद्ध हुने पहिलो खेलमा डेब्यू गर्ने सम्भावना छ । विश्व कपमा अन्तिम १६ उरुग्वेसँग पराजित भएयता रोनाल्डोले परिवार र साथीहरुका साथ ग्रिसमा विदा मनाएका थिए ।

त्यसपछि उनी नाइक र सिआर ७ को प्रबद्र्धनका लागि चीन पुगेका थिए । अब नयाँ सिजनको उत्कृष्ट सुरुवातका लागि पाँच पटकका बालोन डी ओरका विजेता जुटेका छन् ।

October 15, 2024

साम्बाले साफको पहिलो खेल गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् । साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग […]

October 15, 2024

फ्रान्सको लगातार तेस्रो जित

एजेन्सी – फ्रान्सले युरोपियन नेसन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । फ्रान्सले सोमवार बेल्जियममाथि २-१ जित हात पार्यो । बेल्जियमको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले २ गोल गरे । बेल्जियमका लागि लोइस ओपेन्डाले १ गोल फर्काए। खेलको २३औं मिनेटमा यौरी टिएलेम्यान्सले पेनाल्टी चुकाउँदा बेल्जियमले अग्रता बनाउने अवसर गुमायो […]

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

Success

Thank you for your time.