default_image

6 years ago

July 31, 2018

प्रि सिजनमा पिएसजीको पहिलो जित

50 views

0 Bookmark

सिंगापुर (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि सिजनमा पहिलो जित हासिल गरेको छ । सिंगापुरमा गए सोमबार भएको इन्टरनेसनल च्याम्पियन्स कपमा पिएसजीले एट्लेटिको मड्रिडलाई ३-२ ले हराएको थियो । इन्जुरी समयमा भिर्गिलियु पोस्टोलचीले सनसनीपूर्ण गोल गर्दै पिएसजीलाई जित दिलाएका थिए ।

पिएसजीको प्रशिक्षकका रुपमा थोमस टुचेलको यो पहिलो जित हो । पिएसजीका लागि क्रिस्टोफर एनकुन्कु र मोउसा डेबीले पनि गोल गरेका थिए । एनकुन्कुले खेलको ३२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने डेबीले ७१ औं मिनेटमा गोल थपेका थिए ।

तर, खेलको ७५ औं मिनेटमा एट्लेटिकोका भिक्टोर मोलेजोले गोल गर्दै खेललाई २-१ को स्थितीमा पुर्याए । ८६ औं मिनेटमा एट्लेटिकोका एन्टोनी बर्नान्डेले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । इन्जुरी समयको दुई मिनेट बाँकी रहदै पोस्टोलचीले गोल गर्दै पिएसजीलाई संघर्षपूर्ण जित दिलाए । पिएसजी यसअघि बायर्न म्युनिख र आर्सनलसँग पराजित भएको थियो ।

October 15, 2024

साम्बाले साफको पहिलो खेल गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् । साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग […]

October 15, 2024

फ्रान्सको लगातार तेस्रो जित

एजेन्सी – फ्रान्सले युरोपियन नेसन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । फ्रान्सले सोमवार बेल्जियममाथि २-१ जित हात पार्यो । बेल्जियमको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले २ गोल गरे । बेल्जियमका लागि लोइस ओपेन्डाले १ गोल फर्काए। खेलको २३औं मिनेटमा यौरी टिएलेम्यान्सले पेनाल्टी चुकाउँदा बेल्जियमले अग्रता बनाउने अवसर गुमायो […]

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

Success

Thank you for your time.