7 years ago
July 31, 2018
म्याड्रिड (एजेन्सी)- म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले उनका छोरा बेन्जामिन पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पेका फ्यान रहेको बताएका छन् । अगुएरोले इन्स्ट्राग्राममा अहिलेको समयमा आफ्नो छोरा कसको फ्यान रहेको भन्दै प्रश्न गरेका छन् ।
आफ्ना हजुरुबवा डिएगो म्यारोडोन, लियोन मेस्सी वा क्रिस्टियानो रोनाल्डो नभई उनका छोरा एमबाप्पेको समर्थक भएको बताएका हुन् । नौ वर्षे अगुएरोका छोरा विश्व कपमा एमबाप्पेको प्रदर्शन देखेर रमाएको बताइएको छ । एमबाप्पेसँग मात्र होइन बेन्जामिन म्यानचेस्टर सिटी एवंम स्पेनका मिडफिल्डर डेभिड सिल्भाका फ्यान हुन् ।
१९ वर्षे एमबाप्पले विश्व कपमा ४ गरेका थिए । जसमा अगुएरो सम्मिलित अर्जेन्टिनालाई फ्रान्सले विश्व कप प्रि क्वार्टरफाइनलमा ४-३ ले हराउँदा एमबाप्पेले २ गोल गरेका थिए । फ्रान्सले विश्व कप उपाधि जितेको थियो भने एमबाप्पेले उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।
अगुएरोले पोष्ट गरेका छन्, ‘बेन्जा सिल्भालाई सधै मन पराउछन् । अहिले उनी एमबाप्पेका बारेमा कुरा गर्न थालेका छन् । बललाई जसले राम्रोसँग खेल्छन्, त्यस्ता खेलाडी उनलाई मन पर्छ ।’ स्पेनको इबिजामा छुट्टी मनाउने क्रममा अचानक अगुएरो र एमबाप्पेबीच भेट भएको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]