default_image

9 years ago

February 13, 2016

साग फुटबल: नवयुगको ह्याट्रिकले नेपाल फाइनलमा

124 views

0 Bookmark

साग फुटबलको सेमी फाइनलमा माल्दिभ्सलाई ४–३ गोलको सनसनीपूर्ण जित निकाल्दै नेपाली पुरुष फुटबल टोली १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
Nepal v Mal (1)
गुवाहाटीस्थित इन्दिरा गान्डी स्टेडिममा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराउन अतिरिक्त समय लागेको थियो ।  निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेपालले दुई र माल्दिभ्सले एक गोल गरेको थियो ।
साग फुटबलमा १७ वर्षपछि नेपाल फाइनलमा पुगेको हो । नेपाले यसअघि सन् १९८४ र १९९३ को साग फुटबलमा स्वर्ण पदक जितेको थियो । फाइनलमा उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार नै भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।
माल्दिभ्सलाई हराउने क्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । नवयुगले खेलको ३६ औं, एकसय १७ औं र एकसयौं २० औं मिनेटमा गोल गरेका थिए । यसअघि अन्जन विष्टले १५ औं मिनेटमा खाता खोलेका थिए । माल्दिभ्सका लागि मोहमद हम्जाले ५२ औं, अहमेद नासिदले ८६ औं र हसन नियाजले एकसय १४ औं मिनेटमा गोल गरे ।
अन्जनले विमल घर्तीमगरले बाँया साइडबाट दिएको छोटो पासमा अनमार्क जाली चुमाएका थिए । खेलको ३६ औं मिनेटमा टोलीका लागि दोस्रो गरेका नवयुगले अन्तिम समयमा चमत्कारिक गोल गर्दै नेपालको जित सुनिश्चित पारेका थिए ।
हारको मुखमा पुगेको नेपालले अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोलगरेपछि प्यारापिटमा नेपाली सर्मथक खुशीले कराएका थिए ।
बंगबन्धु गोल्डकपमा भुटानबिरुद्ध ह्याट्रिक गरेका नवयुगको अन्तर्राष्ट्रिय स्पर्धामा यो तेस्रो ह्याट्रिक हो ।नेपाल दोस्रो हाफमा भने लय गुमाएको थियो । सुरुआती अग्रतापछि अत्तालिएको नेपालबिरुद्ध दोस्रो हाफमा माल्दिभ्स हावी बन्यो । खेलमा फर्किएको माल्दिभ्सले लगातार नेपाललाई दबाबमा राखेको थियो ।
मोहमद हम्जाको गोलपछि नेपाली टोलीको प्रर्दशन फितलो बन्यो । ८६ औं मिनेटमा माल्दिभ्सका अहमेद नासिदले काउन्टर प्रहारमा गोलगर्दै खेललाई २–२ गोलको बराबरीका पुर्याए ।
यसअघि ६६ आँैं मिनेटमा पुगेर नेपाल १० खेलाडीमा समेटिएको थियो ।१० खेलाडीमा झरेपछि रक्षात्मक रणनीति बनाएको नेपालबिरुद्ध माल्दिभ्स झनै हावी देखिएको थियो ।
खेलपछि नेपालका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीले उत्कृष्ट फुटबल खेलेको बताए । ‘यो भन्दा राम्रो फुटबल खेल्न सकिन्नँ । दोस्रो हाफमा हामीले केही कजोरीनै गरेका हौं । खेलाडी अत्तालिएका कारण काउन्टर प्रहारमा गोल खायौँ’, प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘त्यसपछि दबाबपूर्ण खेलका कारण रातोकार्ड हुनु अर्को खतारा थियो । तरपनि खेलाडीले आफू गोर्खाली भएको प्रमाणित गरेर देखाए । फाइनलमा हामी भारतलाई हराउन यो भन्दा राम्रो खेल्छाँै ।’,
टोलीका सहायक कप्तान विक्रम लामाले एउटा टोलीको रुपमा सबैले उत्कृष्ट खेले खेलेको प्रतिक्रिया दिए ।
नेपालले सागमा पुरुष फुटबलतर्फ सन् १९९३ मा ढाकामा स्वर्ण पदक जितेको थियो । त्यतिबेला शाक्य टोलीको कप्तान थिए ।
सन् १९९९ को साग फुटबलमा नेपालले रजत जित्दा उनी टोलीको सहायक प्रशिक्षक थिए ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.