default_image

7 years ago

July 30, 2018

रोनाल्डो प्रशिक्षणका लागि युभेन्ट्स पुगे

61 views

0 Bookmark

टुरिन (एजेन्सी) – पोर्चुगली सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो नयाँ क्लब युभेन्ट्स पुगेका छन् । उनी यस सिजनको आफ्नो पहिलो प्रशिक्षणमा सहभागी हुन् । विश्व कपपछि विदामा रहेका रोनाल्डो सोमबार बाट प्रशिक्षणमा सहभागी हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

रियल मड्रिड पूर्व स्टार रोनाल्डोले रुस विश्वकप २०१८ पछि १ सय मिलियन पाउण्डमा रियलबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्स टोली भने प्रि सिजनका लागि अमेरिका भ्रमणमा रहेको छ । प्रि सिजन भ्रमणमा युभेन्ट्सले बार्यन म्युनिख र बेन्फिकासँग मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

आउने शनिबार युभेन्ट्सले रोनाल्डोको पूर्व क्लब रियलसँग खेल्नेछ । त्यसअघि बुधबार टोलीले एमएलएस स्टारसँग खेल्नेछ । रियलसँगको खेलमा रोनाल्डो खेल्ने सम्भावना कम रहेको बताइएको छ । पोर्चुगली स्टार सहित रोनाल्डोसहित स्टार खेलाडी प्रि सिजन भ्रमणमा छैनन् । रोनाल्डोले सम्भवत अगस्ट १९ मा हुने सिरिएको पहिलो खेलमा किएभोसँग खेल्ने विश्वास गरिएको छ ।

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.