7 years ago
July 30, 2018
काठमाडौंं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टिकरण दिने निर्देशन दिएको छ ।
५ खेलाडीले शुक्रबार राती डिस्को गएर मादक पदार्थ सेवन गरि हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले खेलाडी, टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी कम्पनीसँग पनि स्पष्टिकरण लिने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ र अन्य पदाधिकारीले ५ खेलाडीसँग मौखिक स्पिष्टिकरण लिएपछि लिखित स्पिष्टिकरण पनि लिने निर्णय लिएको छ । ५ खेलाडीलाई ३ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ । यसरी स्पष्टिकरण सोधिने खेलाडी विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा छन् ।
त्यस्तै एन्फाले टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापालाई ३ दिन र सेक्युरिटी कम्पनी गुरुडलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिए ।
‘आज खेलाडीसँग मौखक स्पष्टिकरण सोधिएको छ,’ प्रवक्ता राईले भने,‘ थप प्रष्ट हुनका लागि ७२ घण्टाभित्र लिखित स्पष्टिकरण दिनुपर्ने हुन्छ । सोही लिखित स्पष्टिकरण पछि खेलाडीमाथि हुने कारवाहीका विषयमा छलफल हुनेछ ।’ एन्फाको सीसी टिभि फुटेजका आधारमा खेलाडीलाई स्पष्टिकरण सोधिएको प्रवक्ता राईले बताए ।
-सच्चाईएको दिउँसो ४ः२४ बजे
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]