7 years ago
July 30, 2018
म्याड्रिड (एजेन्सी) – फिफाले बर्षको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको केहि दिन मात्र भएको छ । मनोनय सार्वजनिक भएसँग यस पटकको बर्षको उत्कृष्ट खेलाडीमा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ । गत वर्ष लियोन मेस्सी र नेयमारलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो वर्षका उत्कृष्ट खेलाडी चुनिएका थिए । अहिले पनि रोनाल्डो मुख्य दाबेदार मध्येका एक हुन् ।
तर, पछिल्लो एउटा सर्वेक्षणले भने फरक नतिजा आउन सक्ने संकेत गरेको छ । ३० हजार समर्थकका बीचमा गरिएको सर्वेक्षणमा क्रोएसिया एवंम रियल म्याड्रिडका लुका मोड्रिच लोकप्रिय देखिएका छन् । स्पेनिस पत्रिका एएसले गरेको गरेको अनआइन सर्वोक्षणमा मोड्रिच शीर्षस्थानमा छन् भने रोनाल्डो दोस्रो, मेस्सी तेस्रो, एन्टोनियो ग्रिजमन चौथो र राफेल भारान पाँचौ.मा छन् ।
जसमा मोड्रिचलाई मात्र ४६ प्रतिशत मत परेको छ । फिफाले केही समयअगाडि उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो, मेसी, केभिन डि ब्रुयन, एन्टोनी ग्रिजम्यन, इडेन हाजार्ड, ह्यारी केन, केलियन बाप्पे, लुका मोड्रिच मोहम्मद सालाह र राफायल भारानको नाम सार्वजनिक गरेको थियो ।
हालै सम्पन्न विश्व कपका उत्कृष्ट खेलाडी मोड्रिचले ४६.७८ प्रतिशत मत प्राप्त गर्दा रोनाल्डोको १७.५९ प्रतिशत र मेस्सीको १४.४१ प्रतिशत मत छ । त्यस्तै ग्रिजम्यनलाई १२.८, भारानलाई ३.६५, केलियन एमबप्पेले २.८३, मोहमद सलाहले ०.८, इडेन हाजार्डले ०.७४, डी ब्रोयनेले ०.२९ र ह्यारी केनले ०.११ प्रतिशत मत प्राप्त गरेका छन् ।
यस्ता खाले सर्वेक्षणले विजेताको संकेत सम्म गर्न सक्छ तर नतिजा त्यहि हुन्छ भन्ने जरुरी छैन । यो अवार्डको निर्णय प्रक्रिया भने फरक रहेको छ । फिफाका सदस्य राष्ट्रका फुटबल टोलीका कप्तानले दिने भोट, प्रशिक्षकले दिने भोट , विश्वभरबाट २ सय सञ्चारकर्मी र फिफाको वेभसाइटमा समर्थकले गर्ने भोटका आधारमा विजेता छनोट हुनेछ ।
कप्तान, प्रशिक्षक, सञ्चारकर्मी र समर्थकको भोटको भार समान २५ प्रतिशत रहनेछ । फिफा वर्षको उत्कृष्ट खेलाडीको घोषणा सेप्टेम्बर २४ मा लन्डनमा हुनेछ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]