default_image

7 years ago

July 29, 2018

सहारा हङकङले सुरु गर्यो फुटबल प्रशिक्षण

63 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) –सहारा हङकङले नेपाली युवालाई लक्षित गर्दै हङकङमा फुटबल प्रशिक्षण सुरु गरेको छ । यस कार्यक्रम अन्र्तगत साताको बिदाको दिनहरुमा ११ वर्ष उमेर समुह देखि फुटबलमा रुची राख्नेलाई युबाहरुलाई मध्येनजर गर्दै सहाराले यस्तो कार्यक्रम सुरु गरेको हो ।

जुलाई २७ भएको प्रशिक्षणमा नेपाली लगाएत अन्य समुदायका युवाहरुलाई फुटबल खेलमा आर्कषित गर्न र उनीहरुको प्रतिभामा थप निखारता ल्याउन सहयोग पुग्ने सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए । पहिलो चरणको प्रशिक्षण कार्यक्रम अगस्त ११ सम्म जारी रहने प्रशिक्षक बिल तामाङले बताएका छन ।

तामाङ एफसी फुटबलका बि लाइसेन्स तथा भारत एनआइएस बाट समेत प्रशिक्षकको सर्वोत्कृष्ट अंकमा उत्र्तिण गरिसकेका छन् । उनले विगतमा सहारा क्लबको प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन । सहारा हङकङले फुटबलको प्रशिक्षण सुरु गरे पछि हङकङ स्थित जि स्र्पोट्स एकेडेमीले खेलकुद सामाग्री प्रदान गरको छ ।

उक्त एकेडेमीका निर्देशक एवम कार्यकारी अधिकृत हिम घलेले सहारा हङकङका अध्यक्ष गुरुङलाई फुटबल लगाएत सामाग्री हस्तान्तरण गरेका हुन् । प्रशिक्षण कार्यक्रम हङकङ स्थित किङ जर्ज मेमोरियल पार्क र कोलुन पार्क फुटबल ग्राउण्डमा गरिने भएको प्रशिक्षक तामाङले बताएका छन् ।

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.