default_image

7 years ago

July 29, 2018

एपिएफ उपाधि दौडमा, पुलिसको लगातार तेस्रो हार

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो ।

लिगमा एपिएफको यो लगातार तेस्रो जित हो । अब लगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारे एपिएफ लिग च्याम्पियन बन्नेछ । एपिएफ र आर्मीको समान ९ अंक छ । गोल अनतरमा आर्मी दोस्रो स्थानमा छ ।

एपिएफलाई उपाभि नजिक पु¥याउन अनिता केसी र सरु लिम्बुले गोल गरिन् । २३ औं मिनेटमा अनिता केसीको गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

४७ औं मिनेटमा सरु लिम्बुले गोल गरेकी थिइन् । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ २–० ले सहजै विजयी हुन सफल भयो । यता पुलिसको भने लिगमा यो लगातार तेस्रो हार हो । पुलिसले अब मंगलबार काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

Success

Thank you for your time.