7 years ago
July 29, 2018
ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा लगातार तस्रो जित हासिल गरेको छ । आर्मीले आइतबार रौतहटलाई ३–१ ले हराउँदै लिग जित्ने सम्भावनलाई बलियो बनाएको छ । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौंलाई हराएको थियो ।
आर्मीलाई जित दिलाउन शर्मिला थापाले २ र दीपा राईले १ गोल गरिन् । शर्मिलाले नवौं र १२ औं मिनेटमा गोल गरिन् । दीपाले ४५ औं मिनेटमा गोल थपेकी थिइन् । रौतहटका लागि रश्मीकुमारी घिसिङले ६८ औं मिनेटमा गोल फर्काएकी थिइन् ।
तीन जितपछि आर्मीको ९ अंक पुगेको छ । लगातार २ खेल जितेको नेपाल एपिएफ क्लबले आइतबार नै नेपाल पुलिससँग प्रतिस्पर्धा गरिरहेको छ । एपिएफले पुलिसलाई हराएमा आर्मी र एपिएफबीचको खेल निर्णायक हुनेछ ।
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]