default_image

7 years ago

July 30, 2018

‘राम्रो प्रदर्शनको दबाब छ’- सलाह

66 views

0 Bookmark

मायामी (एजेन्सी) – लिभरपुलका स्टार मोहमद सलाहले काँध निकै ठिक भएको बताएका छन् । रियल म्याड्रिडविरुद्धको मेमा च्याम्पियन्स लिग फाइनलमा सहालको काँधमा चोट लागेको थियो । फाइनलमा लिभरपुल ३– १ ले पराजित भएको थियो ।

salah liverpool

चोट पूर्ण रुपमा ठिक नभएकै कारण इजिप्टका सहालले रसियामा भएको फिफा विश्व कपमा उपेक्षा अनुसारको प्रदर्शन गर्न सकेकनन् । अमेरिका भ्रमणमा रहेको लिभरपुलका लागि बुधबार म्यानचेस्टर सिटीविरुद्धको मैत्रीपूर्ण खेलमा सहालले गोल गरेका थिए । अघिल्लो सिजन उच्च प्रदर्शन गरेका सहाललाई यसपटक सोही प्रदर्शनको दबाब रहेको छ ।

‘फुटबलमा फर्केको छु । खुसी लागेको छ । काँधमा पनि पहिला भन्दा सहज भएको छ,’ टोलीमा फर्कन पाउँदा आनन्द लागेको छ, ‘सहालले भनेका छन्, ‘मेरो लागि मात्र होइन सबैका लागि पछिल्लो सिजन मेरो लागि उत्कृष्ट रह्यो ।’

उनले अघिल्लो सिजनको प्रदर्शनको केहि दबाब रहने स्वीकारे । ‘गत सिजन प्रिमियर लिगमा ३८ गोल गरे । त्यो कीर्तिमान थियो । यसपटक त्यसको केहि दबाब रहन्छ,’ उनले थपे, ‘हामीले च्याम्पिन्स लिग र प्रिमियर लिगमा पनि राम्रो गरेका थियौं ।’

यद्दपी केहि चिन्ता लिनु पर्ने विषय नभएको सहालले बताए । उनले भने, ‘यसमा चिन्ता लिनुपर्ने केहि छैन । म त्यहि गर्छु हिजो जे गरेको थिए ।’ पछिल्लो सिजन सबै खाले प्रतियोगितामा ४४ गोल गरेका सहाल पिएफए वर्षका उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए ।

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.