default_image

7 years ago

July 29, 2018

अमेरिकामा लिभरपुलसँग युनाइटेड पराजित

65 views

0 Bookmark

मियामी (एजेन्सी) – दुई इंग्लिस क्लबबीचको प्रतिस्पर्धामा लिभरपुललाई सफलता मिलनेको छ । युरोपियन क्लब फुटबलको नयाँ सिजनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई म्यानचेस्टर युनाइटेडमाथि ४–१ हराएको छ ।

अमेरिकाको मिसिगनमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, ड्यानियल स्टुरिज, सेई ओजो र जाड्रन शाकिरीले समान १ गोल गरे । युनाइटेडका आन्द्रेस पेरियराले एक गोल फर्काए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै लिभरपुलले सहज जित निकालेको हो । २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा युनाइटेडका पेरियराले गोल गरेपछि खेल पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।

६६ औं मिनेटमा स्टुरिजले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ७४ औं मिनेटमा ओजो र ८२ औं मिनेटमा शाकिरीले गोल गरेपनि लिभरपुलको जित सहज बनेको थियो ।

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.