7 years ago
July 29, 2018
मियामी (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा प्रिमियर लिग क्लब चेल्सी विजयी भएको छ । नयाँ प्रशिक्षक माउरीसियो सारीको प्रशिक्षणमा लन्डन क्लब चेल्सीले प्रि–सिजनमा लगातार दोस्रो जित निकाल्ने क्रममा इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो ।
फ्रान्सको एलिनाज रिभिरामा भएको खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा चेल्सीले बाजी मारेको हो ।
यसअघि खेलको आठौं मिनेटमा सेस फाब्रिगासको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ४९ औं मिनेटमा इन्टरका रोबर्टो गाग्लीरडिनीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]