7 years ago
July 28, 2018
लन्डन (एजेन्सी) – मेक्सिकोका प्रशिक्षक जुवान कार्लाेस ओसोरियोले शनिबार मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । मेक्सिकन फुटबल फेडेरेसनले उनको सम्झौता नवीकरण गर्न अफर गरेपनि उनले फेडेरेसनको अफरलाई अस्वीका गर्दै पदबाट राजीनामा दिएका हुन् ।
‘म आफैले पदबाट राजीनामा दिएको हु । मलाई ३ वर्षसम्म साथ दिने सबै स्टाफहरुलाई धन्यवाद दिन चहान्छु । जहाँ मैले अनुभव लिने मौका पाए ।’ राजीनामा दिएपछि ओसोरियोले भनेका छन् । रसिया विश्वकपमा विश्वविजेता जर्मनीलाई १–० ले पराजित गरेर सनसनी मच्चाएको मेक्सिको प्रि–क्वार्टरफाइनलमा ब्राजिलसँग २–० ले पराजित भएको थियो ।
जर्मनीलाई पराजित गरेपनि उनी मेक्सिकन समर्थकमाझ लोकप्रिय हुन सकेको थिएन । विश्वकप दौरान जर्मनीलाई पराजित गरेको खेलमा पनि मेक्सिकन समर्थहरुले ‘ओसोरियो आउट’ लेखेको प्ले कार्ड प्रर्दशन गरेका थिए । सोही कारण पनि उनले सम्झौता नवीकरणको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।
२०१५ मा मेक्सिकन टिको मुख्य प्रशिक्षक बनेको ५६ वर्षीय कोलम्वियन ओसोरियाको प्रशिक्षणमा मेक्सिकोले ५२ खेल खेल्दा ३३ खेलमा जित हात पारेको थियो । १० खेलमा हार र ९ खेल बराबरी खेलेको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]