default_image

7 years ago

July 29, 2018

विश्वका महंगा गोलकिपर, कसको मुल्य कति ?

57 views

0 Bookmark

लन्डन (एजेन्सी) – फुटबल खेलाडीमा ब्राजिलका स्टाइकर नेयमार विश्वकै सबै भन्दा महंगा हुन् । नेयमार समग्र फुटबल खेलाडीमा महंगोको सुचिमा शीर्षस्थानमा रहँदा ब्राजिलकै गोलकिपर एलिसनले आफु गोलकिपरमा सबैभन्दा महंगो साबित गरेका छन् ।

लिभरपुलले उनका लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी विश्वकै महंगा गोलकिपर बनेका हुन् । सन् २००१ मा जियालुइजी बुफोनलाई युभेन्ट्सले पर्माबाट भित्राउदा ५३ मिलियन युरो तिरेको थियो । त्यो तत्कालिन समयको गोलकिपरका लागि खर्च गरिएको सर्वाधिक रकम थियो ।

विश्व फुटबलमा महंगा २० गोलकिपरको यहाँ चर्चा गरिएको छ । कसको मुल्य कति ?

२० .फ्रेजर फ्रोस्टर– १० मिलियन पाउण्ड
फ्रेजर फ्रोस्टर इंग्लयान्डका आशा गरिएका गोलकिपर हुन् । २०१४ मा सेल्टिकबाट साउथह्याम्प्टन पुगेका थिए । उनले साउथह्याम्प्टनबाट प्रिमियर लिगका चार सिजन बिताइसकेका छन् । चार सिजनमा उनले १ सय ६ खेल खेलिसकेका छन् ।

१९. वोजकिच सिच्जेस्नी– १० मिलियन पाउण्ड
वोजकिच सिच्जेस्नी २०१७ मा युभेन्ट्सबाट आर्सनल पुगेका थिए । पोल्याण्डका सिच्जेस्नीले २००९ बाट व्यावसाहिक फुटबल यात्रा सुरु गरेका थिए । आर्सनलबाट २००९–१० को सिजन उनी लोनमा बेन्टाफोर्ड गएका थिए । त्यसपछि उनी आर्सनलमा रहेर पाँच सिजन प्रिमियर लिग खेले । पुन उनीः दुई बर्षका लागि लोनमा रोमाबाट सिरि ए खेले । हाससम्म उनले लिगका मात्र २ सय ४९ खेल खेलिसकेका छन् ।

१८. आस्मीर बेगोभिक– १० मिलियन पाउण्ड
आस्मीर बेगोभिक पाँच बर्षे सम्झौता गर्दै २०१५ मा चेल्सी पुगेका थिए । लामो समय प्रिमियर लिग खेलेका उनी गत बर्ष मात्र प्रिमियर लिगकै अर्को टोली बर्नमाउथ पुगे । उनले बर्नमाउथमा पछिले सिजनमा ३८ खेल खेले ।

१७. पिटर चेक – १० मिलियन पाउण्ड
चेल्सीमा ११ बर्ष सानदार फुटबल जिवन बिताएपछि २०१५ मा उनी आर्सनल पुगेका थिए । उनले चेल्सीबाट प्रिमियर लिगमा ३ सय ३३ खेल खेलेका थिए । आर्सनलबाट पनि उनले १ सय ३ प्रिमियर लिग खेल खेलिसकेका छन् ।

१६.इभान पेलिज्जोली– १०.२ मिलियन पाउण्ड
इभान २० बर्षको हुँदा उनलाई रोमाले भित्राएको थियो । एटलान्टाका खेलाडी इभानले आफ्नो क्षमता कहिलै कमि हुन दिएनन् । रोमामा रहेर उनले ७३ खेल खेले । ३७ वर्षे इभान हाल फोग्गीयामा रहेपनि कुनै खेल खेलेका छैनन् ।

१५.माटिया पेरिन– १०.५ मिलियन पाउण्ड
पुर्व गिनोया नम्वर एक खेलाडी माटिया २०११ म लोनमा उनी पाडोभा पुगे । पाडोभाबाट उनी पुनः लोनमा पेस्कारा पुगे । पेस्कारामा रहेर उनले २९ खेल खेले । हाल सम्म लिगका २ सय २ खेल खेलेका छन् ।

१४. जास्पेर किलेसन– ११.१ मिलियन पाउण्ड
२९ वर्षे नेदरल्याण्ड खेलाडी जास्पेर किलेसन बार्सिलोनाका खेलाडी हुन । उनी २०१६ मा अजाक्सबाट बार्सा पुगेका हुन । बार्सामा दुई सिजन रहेका उनी ला लिगाका २ खेल मात्र खेलेका छन् ।

१३. एन्जेलो पेरुजी– १२.५ मिलियन पाउण्ड
४८ बर्षीय इटालियन पूर्व गोलकिपर अहिलेसम्म विश्वको महंगो खेलाडीको १३ औं नम्वरमा छन् । रोमा बाट आफ्नो व्यवसाहिक फुटबल यात्रा सुरु गरेका उनले पुरै फुटबल जिवन सिरी ए मा बिताए । ८ बर्ष युभेन्ट्समा बिताएका उनले ७ बर्ष लाजिओमा बिताए । उनले सिरी–ए का ४ सय ७८ खेल खेलेका छन् ।

१२. जान ओब्लाक– १२.५ मिलियन पाउण्ड
जान ओब्लाक एटलेटिको मड्रिडको भविष्यको रुपमा हेरिएको छ । ्बेन्फिकामा रहदा उनी लोनमा अन्य क्लबबाट खेल्दथे । २०१४ मा उनी लोन मुक्त हुदै पुनः बेन्फिका पुगे । बेन्फिका उनले तीन सिजन रहदा मात्र १६ खेल खेले । त्यसपछि उनी एटलेटिको पुगे । तीन सिजनमा उनले ला लिगाका १ सय १३ खेल खेलिसकेका छन् ।

११.एन्जेलो पेरुजी– १३.३ मिलियन पाउण्ड
यस सुचिमा पेरुजीको यो दोस्रो उपस्थिती हो । जब उनी १९९९ मा युभेन्ट्सबाट इन्टरनाजिनाले पुगे । तर, उनले इन्टरनाजिनालेमा एक सिजन मात्र सिरी–ए खेले । इन्टरनाजिनालेमा रहदा उनले सिरी–ए का ३३ खेल खेलेका थिए ।

१०. सेबास्टाइन फ्रेय– १४.७ मिलियन पाउण्ड
सेबास्टाइन यस सुचिमा एक पटक भन्दा बढी देखिन्छन् । इन्टरमा आफ्नो योजना बनाउनमा बिफल भए पछि फ्रान्सेस्को टाल्डोका पुगेका थिए । जहाँ उनले पर्माका लागि छोडेका थिए । उनले आफ्नो व्यवसाहिक फुटबलको सबैभन्दा बढी यात्रा सिरी–ए मा बिताए ।

९. क्लाउडियो ब्राभो–१५.४ मिलियन पाउण्ड
क्लाउडियो ब्राभो म्यानचेस्टर सिटीमा २०१६ मा बार्सिलोना बाट भित्रिएका थिए । उनले २००३ बाट व्यवसाहिक फुटकल यात्रा शुरु गरेको थिए । त्यपछि उनले ९ बर्ष रियल सोसिडाडमा बिताए । सोसिडाडमा राम्रो प्रदर्शन गरेपिछि उनी २०१४ मा बार्सिलोना पुगेका थिए । २०१६ मा बार्सामा उनले ला लिगाको एक खेल मात्र खेलेका थिए । त्यसै सिजन उनी सिटी पुगेका थिए ।

८.फ्रान्सेस्को टोल्डो– १७ मिलियन पाउण्ड
फ्रान्सेस्को टोल्डो फिओरेन्टिनामा ८ बर्ष बिताए । फिओरेन्टिनामा रहेर उनले सिरी–ए का २ सय ३२ खेल खेले । त्य पछि उनी २००१ मा इन्टरमा गएका थिए । इन्टरमा उननले नौ बर्ष बिताए ।

७. डेभिड डे जिया– १८.९ मिलियन पाउण्ड
एट्लेटिको मड्रिडबाट २०११ मा म्यानचेस्टर युनाडटेड पुगेयता उनी टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जसले पछिल्ले तीन सिजनमा रेड डेभिल्स प्लेयर अफ दि इयरको उपाधि जिते ।

६. ब्रेन्ड लेनो– १९.२ मिलियन पाउण्ड
ब्रेन्ड लेनो आर्सनलमा प्रशिक्षकबा एक नम्बर जर्सी पाएका खेलाडी हुन । उनी लिभरकुसेनमा रहदा सबैभन्दा प्राथमिकतामा रहेका खेलाडी हुन । उनले लिभरकुसेनमा सात बर्ष बिताए । जहाँ बुन्डेसलिगाका सात सिजनका २ सय ३३ खेल खेले । उनी यो सिजनमात्र लिभरकुसेनबाट आर्सनल पुगेका हुन । यो सिजन उनी आर्सनलबाट प्रिमियर लिग खेल्ने छन् ।

५. म्यानुयल नुयोर– २१ मिलियन पाउण्ड
साल्ेकका पूर्व स्टार नुयोर सन् २०११ मा बायर्न म्युखिन पुगेका थिए । त्यसता लगातार उच्च प्रदर्शन गर्दै आएका उनी टोलीका महत्वपूर्ण सदस्य हुन् ।

४. जोर्डन पिकफोर्ड– २५ मिलियन पाउण्ड
इंग्लयान्डका नयाँ नायक हुन जोर्डन पिकफोर्ड । उनी पछिल्लो सिजनमा राष्ट्रको सबैभन्दा महंगा गोलकिपर हुन् । सन्डरल्याण्डकबाट पिकफोर्ड न २०१७ मा एभर्टन पुगेका थिए ।

३. जियानलुइजी बुफोन– ३२.६ मिलियन पाउण्ड
२००१ मा इटालियन क्लब युभेन्ट्समा आबद्ध भएर १७ वर्ष त्यहि क्लबमा बिताएका बुफोन यो सिजन पेरिस सेन्ट जर्मन पुगेका छन् ।

२. एडर्सन– ३५ मिलियन पाउण्ड
म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन सबै समयको दोस्रो सबैभन्दा महंगो गोलकिपरको रुपमा आफुलाई उभ्याएका छन् । उनले २०१७ मा ब्राभोलाई उछिनेका थिए ।

१. एलिसन– ६५ मिलियन पाउण्ड
लिभरपुलले गोलकिपर एलिसनलाई भित्राउन कीर्तिमानी रकम खर्च गरेको छ । २५ वर्षे ब्राजिलियन रोमाबाट लिभरपुल पुगेका थिए । उनले ब्राजिलिय टोलीबाट पनि ३१ खेल खेलिसकेका छन् ।

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.