7 years ago
July 28, 2018
काठमाडौं (हाम्रो खेलाडी)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी नियमित सदस्य तथा विभागीय त्रिभुवन आर्मी क्लबकी कप्तान अन्जली वाइवा शान्ति मिसनका लागि अफ्रिकी मुलुक कंगो प्रस्थान गरेकी छन् ।
अन्जली शान्ति मिसनका लागि शनिबार साँझ कंगो प्रस्थान गरेकी हुन् । उनी एक वर्षसम्म कंगोमै रहनेछन् । आठ वर्षअघि नेपाली सेनामा प्रवेश गरेकी अन्जली आर्मीको नायक (सिपिएल) दर्जामा कार्यरत छिन् । रौतहटमा जन्मिएकी २७ वर्षे अन्जली शुरुमा धावक थिइन् ।
आर्मीमा प्रवेश गरेसँगै उनले आफ्नो खेल पनि परिवर्तन गरेकी थिइन् । पछिल्लो समय उनी राष्ट्रिय टोलीकी महत्वपुर्ण सदस्य समेत बनेकी छिन् । कंगो प्रस्थान गर्नुअघि अन्जलीले राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिगका केही खेलहरुमा पनि सहभागिता जनाएकी थिइन् ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]