7 years ago
July 28, 2018
सबिन सेर्मा
झापा (हाम्रो खेलकुद) –राष्ट्रिय महिला फुटबल खेलाडी उषा भण्डारीलाई न्यू वैदेही खाद्य उद्योगले आफनो ब्रान्ड एम्बेसडेर नियुक्त गरेको छ । सर्लाही इश्वरपुलस्थित उद्योगले उषालाइ २ वर्षका लागि एम्बेसेडर नियुक्त गरेको हो ।
पहिलो वर्ष उनले ब्रान्ड एम्बेसेडर वापत ३ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । उद्योगका प्रोपाइटर झविन्द्र शाह र उषाले शनिबार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता रकम अर्को वर्ष १० प्रतिशत बृद्धि हुने प्रोपाइटर शाहले जानकारी दिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]