7 years ago
July 29, 2018
टुरिन (एजेन्सी) – सिरी ‘ए’ च्याम्पियन्स युभेन्ट्सले टोलीमा अर्को फरवार्ड थपेको छ । रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिएको केहि दिन नबित्दै युभेन्ट्सबाट युवा खेलाडीलाई आबद्ध गरेको छ । युभेन्ट्सले बार्सिलोनाबाट १६ वर्षे युवा पाब्लो मोरेनोलाई लिएको जानकारी गराएको छ ।
बार्सिलोनाका विभिन्न युवा टोलीबाट २ सय भन्दा बढी गोल गरिसकेका स्पेनिस स्ट्राइरलाई युभेन्ट्सले लिएको छ । उनी ग्रानाडाबाट पाँच वर्षअघि बार्सिलोनाको एकेडेमीमा पुगेका थिए ।
मोरेना फ्रान्सेस्को बाल्डिनी युभेन्ट्स युथ ¥याङ्कमा रहनेछन् । धेरै क्लबले भित्राउने इच्छा गरिएका मोरेनोलाई भविष्यका स्टारका रुपमा हेरिएको छ । टुरिनमा उनका लागि ७ लाख मिलियन युरो खर्च गरेको छ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]