7 years ago
July 25, 2018
नयाँ दिल्ली (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (आइएएफएफ) ले उनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको हो । आइएएफएफका अध्यक्ष प्रफुल पेटल अध्यक्ष रहेको समितिले वर्षभरको प्रदर्शनलाई आधार मानेर क्षेत्रीलाई चुनेको बताइएको छ ।
३३ वर्षे क्षेत्री भारतका लागि सयौैं खेल खेल्ने दोस्रो खेलाडी हुन् । यसअघि पूर्व कप्तान भाइचुङ भुटियाले आफ्नो खेल जीवनमा भारतका लागि सय खेल पुरा गरेका थिए ।
क्षेत्री सम्मिलित टोली इन्डियन सुपर लिग को फाइनल पुगेको थियो भने उनको कप्तनीमा भारतले सुपर कप जितेको थियो । त्यस्तै उनको नेतृत्वमा भारत अर्को वर्ष आयोजना हुने एएफसी एसिया कप २०१९ का लागि छनोट भएको छ ।
उनको नाममा ६५ अन्तर्राष्ट्रिय गोल छ । क्रियासिल फुटबल खेलाडी मध्ये ६५ अन्तर्राष्ट्रिय गोल गर्ने अर्जेन्टिना र बार्सिलोनाका लियोन मेस्सी छन् । कमला देवी महिलातर्फको उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । अनिरुद्ध थापा पुरुष र इ पेन्थोइन महिलातर्फकी सन् २०१७ का उदयमान खेलाडी घोषित भए ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]